नोबेल मेडिकल कलेज बिराटनगर ले मनायो आफ्नो १४ औं वार्षिकोत्सव

0
81
nobel medical clz

बिराटनगर–नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रदर्सन गर्यो ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उक्त क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए ।
नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको कुरा उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्कीले नोबेल अस्पताल १ नम्बर प्रदेशको मात्र नभई मुलुककै गर्व गर्न लायक सस्था बनेको उल्लेख गरे । नोबेल गरिब र बिपन्न समुदायको सहाराको रुपमा रहेको भन्दै नेता कार्कीले नोबेललाई संजिवनी पहाडको संज्ञा पनि दिए ।
यसैगरी नोबेल अस्पताल सञ्चालक डा।सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा रेकर्ड तोड्दै आएको नोबेललाई विश्वकै उदाहरणीय बनाउने बताए ।
सफलता हासिल गर्ने क्रममा नोबेलले धेरै रेकर्डतोडीसकेको भन्दै डा।शर्माले अब नोबेललाई विश्वकै उदाहरणीय सस्थाको रुपमा स्थापित गर्ने गरी अघि बढिरहेको बताए ।

यसैबीच सो क्रममा नोबेल शिक्षण अस्पतालले उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गरेको थियो । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारी र उत्कृष्ट अंकसहित उत्रिर्ण हुने २४ जना बिद्यार्थीलाई बार्षिकोत्सवको अवसरमा सम्मान एवं पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नोबेल अस्पतालका अध्यक्ष लोेकनाथ न्यौपाने, सञ्चालक डा।सुनिल शर्मा, प्रवन्ध निर्देशक इन्दिरा शर्मा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा।भोगेन्द्र प्रसाद आचार्य, प्राचार्य डा।रामहरी घिमिरे, अस्पताल निर्देशक डा।राजेश नेपाल लगायतले उनीहरुलाई पुरस्कृत गरेका थिए साथै उत्कृष्ट कर्मचारीहरुलाई खादा र प्रमाणपत्रका साथै जनहि ५ हजारदेखि २५ हजारसम्म नगदसहित पुरस्कृत गरिएको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here