सपथ ग्रहण कार्यक्रम सम्पन्न

0
17

मदन तिमिल्सेना
तनहुँ, १६ असार – तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीको एकिकरण पश्चात केन्द्रिय समिति देखि स्थानीय तहसम्म पार्टीको पुनर्गठन भइरहेको छ । त्यसैक्रममा शनिवार व्यास नगरपालिका वडा नं १० को नेकपाद्वारा पुनर्गठित समितिहरुका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा गण्डकी प्रदेशका सदस्य एवं युवा नेता अतिन्द्र केसरी न्यौपानेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

नवगठित वडा समितिका अध्यक्ष हरिविलास अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । २९ जना पदाधिकारीहरुलाइ प्रमुख अतिथि अतिन्द्र केसरी न्यौपानेले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा नेकपा व्यास नगरका अध्यक्ष श्रीराम कार्की, सचिव रामचन्द्र सापकोटा , तत्कालीन नेकपा एमालेका पुर्व जिल्ला सल्लाहकार मायानाथ कोइराला, नेकपा व्यास नगर कमिटीका सदस्य तिल बहादुर थापा , बसन्त दरै लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन वडा कमिटीका सचिव मदन तिमल्सेनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here