अब बीमा समितिले १ लाखको बीमा गरेका बिमकलाई २५ हजार मात्र दिने



काठमाडौँ—  भाद्र ३१, २०७७। 

नेपालमा कोरोना संक्रमीतको संख्या बृद्धि हुनुका साथै दीर्घरोगी तथा अन्य पाको उमेरका व्यक्तिहरुमा समेत कोरोना संक्रमण समेत देखिई मृत्यु हुनेको संख्या बड्दै गएपछि नेपाल सरकार र बीमा समितिको जनतालाई झुक्याउँदै पैसा असुल्ने नीति सार्वजनिक भएको छ ।

बीमा समितिले कोरोना संक्रमितलाई बीमा गर कोरोना पुष्टि भएको प्रमाण पेश गरेर एकलाख लिएर जाउ भन्ने विज्ञापन गरेर १० लाख भन्दा बढीको बीमा रकम कुम्ल्याएपछि सरकारले स्वीकृति दिएका ल्यालाई सरकारी र प्राईभेट भन्दै भेदभाव गरि प्राईभेटमा परिक्षण गरि कोरोना पुष्टि भएकालाई कोरोना बीमा दाबी गरेपनि शुल्क नदिने भनी ठगी मात्र गरेन ।

ठगीको अर्को सृखला बीमाको मापदण्ड संशोधन गरेको छ र नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ ।जनतालाई झुक्याउँदै बीमा असुल्ने काम भने अहिले पनि रोकिएको छैन । जनतालाई ठगी गर्ने धन्दामा सरकार स्वयम सहभागी भएको यो संसोशन बीमा नीतिले प्रष्ट पारेको छ ।

बीमा समितिको ठगीलाई सरकारको अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालय स्वयमले साथ दिँदै आएकोले जनता दिनदवाडै लुटिएको विमितहरुको गुनासो रहेको छ ।बीमा समितिको पछिल्लो सम्सोधित नीतिमा यहि भाद्र २८ गतेदेखि लागुहुने गरि नयाँ बीमितलाई साधारण पोजेटिभ मात्र आएमा २५ प्रतिशत मात्र भुक्तानी गर्ने र आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको जनाएको छ । समितिले मापदण्ड नै संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ