सुदर श्रेष्ठको `दशैंमा पर्खी नबस्नु आमा´को म्युजिक भिडियो सार्बजनिक



काठमाडौँ — आश्विन २८, २०७७। 

नजिकिदै गरेको नेपालीहरुको महान चाड विजयादशमी तथा दिपावलीको पावन अवसरमा नेपाली गायक/गायिका हरुले बर्सेनि चाडपर्वलाई लक्षित पारी धेरै गितहरु बजारमा ल्याउने गर्दछन। यसै बिचमा दशैँ तिहारलाई मध्यनजर गर्दै थ्री एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा `दसैंमा पर्खी नबस्नु आमा´ बोलको गित सार्वजनिक भएको छ। 

चर्चित रियालिटी शो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक राम कुमार नेपालीको स्वरमा सजिएको उक्त गितमा नेपाली नोट डिजाईनर सुन्दर श्रेष्ठको शव्द रहेको छ। 

समीर लामाले निर्देशन गरेको गीतमा संगीत भने नेपालकै पहिलो महिला चलचित्र संगीतकार रेखा पौडेलले भरेकि छिन । उक्त गितको 
म्युजिक भिडियो छायांकन रेशम दर्लामिले गरेका थिए ।

संसारलाइ कोभिडले छिया-छिया अनि विक्षीप्त पारेको अवस्थामा यसै घटना र अबस्थालाई मध्यनजर गर्दै बिदेशमा बसेका नेपालीहरुप्रती समर्पित उक्त गितले दर्शक श्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न निर्देशक लामा । 

थुप्रै नयाँ तथा पुराना कलाकारहरुले अभिनय गरेको म्युजिक भिडियोमा चर्चित हास्य टेलिसिरियल हर्के हल्दारका लाहुरे बा (बिष्णु सापकोटा) सोही सिरियलका अर्का पात्रा शिव हरि नेपाल झम्को इन्द्र दोङ खम्बेले पनि अभिनय गरेका छन।  

मुख्य भुमिकामा पवन खतिवडा,दिपक डोटेल,सोनि खत्री,लक्की शेर्पा र गेदेन शेर्पाले समेत यस भिडियोमा अभिनय गरेका छन । 

भिडियो—