'बेस्ट एभेन्ट/पेजेन्ट डिरेक्टर’ को अवार्ड निशुकान्त झालाई



काठमाडौँ — आश्विन ३०, २०७७। 

क्रियटिभ इन्साइट मिडियाले आयोजना गरेको 'नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड,२०७७' मा रिबन इन्टरटेनमेन्टका सिईओ एवं विभिन्न सफल सौन्दर्य प्रतियोगिताका आयोजक निशुकान्त झाले  'बेस्ट एभेन्ट/पेजेन्ट डिरेक्टर’ को अवार्ड प्राप्त गरेका छन ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यतामा कोरोना कहरबीच स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै आइतबार राजधानीमा एक कार्यक्रमबीच सम्पन्न अवार्ड समारोहमा उनले सो अवार्ड हात पारेका हुन ।

विगत लामो समयदेखि राजधानीमा विभिन्न उमेर समूह र क्षेत्रलाई लक्षित गर्दै सफल सौन्दर्य प्रतियोगिता आ्योजना गरी नेपाली कला तथा सौन्दर्य जगतमा उल्लेखनीय योगदान प्रदान गरेको भन्दै झा लाई 'बेस्ट एभेन्ट/पेजेन्ट डिरेक्टर’ को अवार्डले सम्मानित गरिएको आयोजक कमिटिका अध्यक्ष सूर्य चन्दले जनाए।