नेपोलीमाथि मिलानको दशकपछि जित



मिलान — मंसिर ८, २०७७। एजेन्सी

ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालीको सिरी ‘ए’मा शीर्ष स्थानमा रहेको एसी मिलानले दस खेलाडीमा सीमित नेपोलीलाई आइतबार राति ३–१ ले हराएको छ । लिगमा मिलानले नेपोलीमाथि जित निकालेको यो दशकयता पहिलोपटक हो ।

खेलकै क्रममा इब्राहिमोभिच घाइते पनि भए । स्विडेनी ३९ वर्षीय यी खेलाडीले पहिलो हाफमा हेडबाट गोल गरे । अर्को हाफमा दोस्रो गोल थपे । यससँगै उनले यो सिजनमा गरेको गोल संख्या १० पुगेको छ ।

नेपोलीका लागि ड्रिस मार्टेन्सले एक गोल फर्काएयता मिलानका लागि जेन्स पिटरले पेनाल्टीबाट तेस्रो गोल गरे । त्यसअगाडि टिमोउ बाकायोको दोहोरो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे । खेल सकिन ११ मिनेटअगाडि चोट बोक्दै इब्राहिमोभिचले मैदान छाडे ।

(कान्तिपुर दैनिक)