छानिए उत्कृष्ट १५ करदाता
News Desk
Nov-23 , 2020 तारिख 09:36 बिहान

काठमाडौँ — मंसिर ८, २०७७। 

सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।

आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर(भ्याट)तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ ।
चार वर्षदेखि लगातार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर सिद्धार्थ शमशेर राणाले तिर्दै आएका थिए । यस पटक भने शाहले राणालाई उछिनेर गत वर्ष सर्वाधिक कर तिरेको भन्दै सरकारले शाहलाई उत्कृष्ट करतादाका रूपमा सम्मानित गर्न लागेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार आन्तरिक राजस्व विभागमा भएको नवौं कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो । सरकारले हरेक वर्ष १ मंसिरमा राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

तर, यस पटक १ मंसिरमा तिहारको बिदा परेको र कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो औपचारिक कार्यक्रम भने हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरस ९कोभिड–१९० संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर वर्षमा सबैभन्दा धेरै कर बुझाएर योगदान पु(याउने उत्कृष्ट करदातालाई सम्मान गरिने आजको राजधानी दैनिकमा खवर छ ।

धेरै पढिएको