चलचित्र गोर्खेको सानदार जितमा निर्माता तेज बाहादुर श्रेष्ठ सोनाम लामा र मोडल रबि सिंह सम्मानित



काठमाडौ : राजधानीमा आगामी शुक्रबारबाट देशब्यापी सिंगल प्रदर्शनमा आउन्ने गोर्खे चलचित्रले  बक्स अफिस चलचित्र प्रमोसन कप २०७७ मा  सान्दार जित हात पारेको छ। राजधानीमा बक्स अफिस इन्टरनेसनल गृपले नियमित शनिबार  आयोजना गर्दै आएको बक्स अफिस फिल्म प्रमोसन कपमा त्रीसक्ती डान्स एकेडेमीलाई १ को विरुद्ध ७ गोलले पराजित गरेको छ । खेलमा निर्देशक सुदर्शन थापाले ह्याटि्रक पूरा गरेको छ्न भन्ने गोलकिपर डि.बि थापाले थुप्रै प्रहार बचाइ म्यान अफ द म्याच चुनिएका छ्न । त्रीसक्ती डान्स एकेडेमीबाट एक मात्रै सान्त्वना गोल मोडल अमुल्य रानाले गरेको हुन।

गत शनिबारझै यो शनिबार पनि  अपरान्ह दुई बजे सुरु भएको रमाइलो फुटबल  खेलमामा निकै रोमाञ्चक प्रतिस्पर्धा चलेको थियो । पोहिलो खेलमा चलचित्र गोर्खेले कडा प्रतिस्पर्धा सहित त्रीसक्ती डान्स एकेडेमीलाई खेलमा  हाबी हुन दिएनन् ।

बक्स अफिस इनटरनेसनल ग्रुपले बिगत डेड दसक देखि हरेक सनिवार आपासी भाइचारा,मेलमिलाप,स्वस्थ जिवनको लागि रमाइलो मैत्रीपुर्ण फुटबल आयोजनालाई निरन्तरता दिदै आएको छ । कोरोना महामारी पछि बक्स अफिसले फागुन एक गते सनिवार राजधानीमा एक कार्यक्रम आयोजना राखी खेलकुदको माध्यम बाट चलचित्र तथा गित संगितको प्रमोसन रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना लाई पुन सुचारु गरेको हो ।
कोभिड १९ महामारीको कारण रोकिएको यो नियमित रमाइलो फुटबल प्रतियोगिता फागुन १ गते सनिवार देखी हरेक सनिवार निरन्तरता दिन लागेको कार्यक्रम अध्यक्ष आर के सुबेदीले पुरुषकार बितरन कार्यक्रममा बताए । खेलकुदको अभियानमाबाट गित संगित र चलचित्रको प्रमोसन गर्ने उदस्यले बक्स अफिस इन्टरनेसनल ग्रुपको कोरोना महामारीको जटिल परिस्थितिमा पनि पौष १७ गते पोखरामा राष्ट्रिय कलाकार vs पर्यटन ब्याबसाही बिच खेल भबयताको साथ सम्पन्न  गराएर आफ्नो नियमित खेल आयोजनामा पुन  फर्केको थियो ।

पोखरा पछि राजधानीमा फागुन १ गते  शनिबार  देखि आफ्नो खेल आयोजनामा फर्केको यस प्रतियोगितामा गित संगित ,म्युजिक भिडियो,टेलिफिल्म ,चलचित्र र संघ संस्थाको प्रमोसन गर्ने  जस्तोसुकै परिस्थितिमा पनि  निरन्तर  फुटबल खेल आयोजना गर्ने अध्यक्ष आर के  सुबेदिले बताए । हरेक बर्ष सयौ गित संगित,चलचित्र ,डान्स एकेडेमी तथा संघ संस्थाले उत्साहजनक सहभागी जनाउदै आएकोछ्न । यो प्रतियोगिता बक्स अफिसको आयोजनामा र संस्थाका अध्यक्ष आर के सुबेदीको अध्यक्षतामा बिगत डेड दशकदेखि निरंतरता चल्दै आएको छ। यो खेलमा हरेक बर्ष हरेक हप्ता नियमित शनिबार  आयोजना हुने गर्दछ।
गित संगित तथा फिल्मको संस्टाहरुको बाक्लो सहभागीता रहने बक्स अफिस फिल्म  प्रमोसन कप २०७७ अन्तरगत आजको खेलमा पनि  सबैको उच्च प्रदसन गरेको थिए ।

नव कलाकारको उत्पादनको मिसिनको रूपमा नाम कहलाएको त्रीसक्ती डान्स एकेडेमी कपनको टिमको कप्तानी डान्स एकेडमीको संस्थाका अध्यक्ष तथा नित्य  निर्देशक दिपेश एसकेले समाल्न्नु भएको थियो । दिपेशको कप्तानिमा मीन बाहादुर थिंग,बिकास वाइवा,करुणा बुढाथोकी ,बिनिता जिसि ,बिजय रिमाल ,राम कुमार थापा ,राजकुमार बोगटी ,कृष्ण खतिवडा ,गोबिन्द थापा,जुना कार्की ,भावना सिंह,युम्मी तामाङ ,एनिता तामाङ ,लक्ष्मी राई, दिपक बिस्वकर्मा ,कुमार जिरेल आदिले सहभागी जनाएको थिए। तेसैगरी फाफुन २१ गतेबाट देशब्यापी रिलिजमा आउन्ने गोर्खे चलचित्रको युनिटबाट अर्जुन गुरुङ ,सुदर्शन थापा,बनिश शाह ,सौरभ लामा,एन्जल श्रेष्ठ ,रबिन प्रताब सेन ,कारण श्रेष्ठ ,हरि थापा ,सरोज तामाङ ,रेनेश फागो,डिबि ठकुरी ,रमेश बोगटी ,सन्देश नेवार,बसन्त तामाङ ,केदार सापकोटा  आदिले खेलमा आफ्नो खेल कौसल देखाएको थिए। कार्यक्रममा पुराना नेवारी कलाकार ,निर्माता स्वतन्त्र महर्जन ,कलाकार निर्माता पुकार भट्टराई ,चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बिजेता खेलाडी हरुलाइ खेलको प्रसंशा गर्दै  प्रमाणपत्र बितरन गरेका थिए ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारणमा बोल्दै गोर्खे चलचित्र का फुटबल टोलिले यस्तो कार्यक्रममा लामो लकडाउनले सुतेको नेपाली चलचित्रको चलायमानमा बक्स अफिसको अतुलनीय योगदानको उच्च कदर गर्दै यस्ता   खालको प्रतियोगिता आयोजनाले गित संगित र चलचित्रको चलायमान र प्रचारप्रसारमा ठुलो मद्दत हुनुको साथै राष्ट्रिय हितमा युवा कलाकार तथा पत्रकारको ठूलो बल मिल्न्ने बताए । तेसैगरी कार्यक्रमका विशेष अथिती चलचित्र प्राविधिक संघका अध्यक्ष  पुष्कर लामा कलाकार तथा निर्माता पुकार भट्टराई नेवारी स्टार स्वतन्त्र महर्जन र निर्देशक सुदर्शन थापाले निर्माता तेज बाहादुर श्रेष्ठ ,हल ब्याबसाहिक तथा निर्माता सोनाम लामा (ब्लोन) र मोडल तथा कुसल मोबाइल ब्याबसाही रबि सिंहला सयुक्त रुपमा कार्यक्रम सह आयोजक संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघ ) को आजिवन सदस्यबाट सम्मान गर्नुभएको थियो । बेग्लै परिस्थितिको कार्यक्रममा आफुलाई सम्मान गरेकोमा निर्माता तेज बाहादुर श्रेष्ठले  आफुलाइ गौरव अनुभुती भएको बताउनु भयो। निर्माता श्रेष्ठले आफुलाइ यस्   कार्यक्रम अत्यन्तै रोचक र पृथक लागेको र यस्ता कार्यक्रम आयोजनाले गाउँ गाउमा ,टोल टोलमा  नेपाली चलचित्रको ठूलो प्रचारप्रसारमा मद्दत पुग्न्ने भएकोमा आयोजक बक्स अफिस इनटरनेस्नल ग्रुपलाइ सम्मानित पछि पत्रकार संग बोल्दै  धन्नेबाद ग्यापन गर्नुभएको छ।