काम गरे के हुदैन, चटपटे बेच्नेले दिनमै चटपटे बेच्नेले दिनमै कमाउँछन ३, ४ हजार



आज देश जुन किसिमले बिकासको गतिमा अघि बढनु पर्ने थियो त्यो हुन सकेन । कारण के हो भने हामी कृषिमा ध्यान दिन सकेनौं । हाम्रो देश कृषिमा आत्मनिर्भर हुनु पर्छ भन्ने कुरामा धेरै पहिले देखि मैले जोड दिदै आएको छु । अव सवैले कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं । कृषि क्रान्तिले नै देशको बिकास हुन्छ । यो बाहेक अर्को कुनै बिकल्प छैन । अव सवै कृषि कर्ममा लागौन अनि देश बन्छ ।

कुराले मात्र देश बन्दैन देश बनाउन काम गर्नु पर्छ खै काम गरेको ? धेरै नेपालीको काम गर्ने बानी बिग्रिएर गएको छ । काम गर्ने बानी सवैले बसाल्नु पर्छ । अव नेपाल सरकारले कुनै ढिलाई नगरिकन कृषिमा लगानी बढाएर जाने बातावरण मिलाउनु पर्छ । यो आजको आबश्यकता हो । कृषि क्रान्ति गर्ने भनेर कुरा धेरै भए तर काम भने हुन सकेको छैन । अव कुरा मात्र गर्ने की काम पनि गर्ने ? अव सवैले कृषि क्रान्तिका लागी कुरा मात्र गरेर होइन, कार्यान्वयन गरेर देखाउनु पर्छ । लगनशील भएर काम गर्ने हो भने कृषि क्षेत्रमा राम्रो आम्दानी पनि छ । कृषिमा आम्दानी हुदै नभएको होइन । अव केवल मिहिनेती हातहरु एकजुट भएर उठनु पर्छ ।

बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर अझै हामी कृषिमा आत्मनिर्भर हुन भने सकेका छैनौं । यो हाम्रो आफनै कमजोरी हो । अव यो बिषयलाई बहसको बिषय बनाएर जाऔं न । हाम्रो देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाइनु पर्छ भन्र्ने कुरा म बारम्वार लेख्दै छु । तर कुरा कसैले सुन्दैनन् । हाम्रो देश नेपाल जलस्रोतको धनी देश हो । हामी पानी बेचेर धनी हुन सक्छौ । यो कुरा किन नपताएको ? काम हुनु भन्दा पहिला संकल्प हुनु पर्छ । काम गरे के हुदैन । चटपटे बेच्नेले दिनमा कम्तिमा पनि ३, ४ हजार कमाउँछन । तपाईहरु पताउँनु हुन्छ । यो साँचो कुरा हो । मिहिनेत गर्ने हो भने पैसा नेपालमा छ । पैसा खोज्न कतै जानु पदैन ।

काम गर्न लाज मान्नेको नेपालमा काम छैन । यो कुरामा स्पस्ट हुनुपर्छ । जे गरे पनि पैसै पैसा छ । के को कमी । अल्छिहरुले केहि पनि गर्न सक्दैनन् केवल उनीहरु बहाना बनाउँन सिपालु हुन्छन । त्यहि गरेर उनीहरुको जीवन गएको छ । हाम्रो देश नेपालमा कृषियोग्य जमिन पनि पर्याप्त मात्रमा छ । सवै नेपालीहरुले मिहिनेत गर्ने बानी बसालौं । यदि त्यसो भयो भने केहि हुन्छ । कृषि पेसालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरु कृषि पेसा तर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केहि युवाहरु बिदेशवाट स्वदेश फर्किएर कृषि पेसा तर्फ पनि लागेका छन । अर्काको देशमा पसिना बगाउनु भन्दा आफनै देशमा पसिना बगाउनु कति हो कति राम्रो । अव राज्यले कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिनु पर्छ ।

अव नेपालका युवाहरु कृषि कर्ममा जुटनु पर्छ । श्रमको सम्मान हुनु पर्छ । नेपाल ससाना कृषिजन्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेको छैन । हामीले बर्सेनि अर्बौं मूल्यको कृषिउपज आयात गर्नुपर्ने बाध्यता छ । लसुन, प्याज, आलु, गेडागुडी, कागती, खुर्सानी, टमाटर, धनीयालगायतका कृषिजन्य उत्पादनमा पनि नेपालले भारतसहित तेस्रो मुलुकको मुख ताक्नुपर्ने अवस्था छ । यो दुखद पक्ष हो । हामी दिन प्रतिदिन महँगो कृषिजन्य वस्तु उपभोग गर्न बाध्य छौं । नेपाल सरकारले कृषिका अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्ने योजना नल्याएको होइन तर कार्यान्वयनको पक्ष भने फितलो भयो । ती योजनाको पारदर्शिता, सुशासन र कार्यान्वयन पक्ष बलियो नहुँदा हामी कृषिमा आत्मनिर्भर हुन नसकेको हो । तर अहिले हामी परनिर्भर बन्दा दुःख लाग्छ । अव कुरा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नु पर्ने जरुरी देखिएको छ ।