भक्तपुरका नगरप्रमुख र जिल्लाबासीमा मेरो अनुरोध 



 

आदरणीय नगरप्रमुखज्यूहरु ।

भक्तपुर जिल्लाबासी ज्युहरु । ।  

सर्वप्रथम यो कोरोना महामारीमा अग्रमोर्चामा रहेर काम गरिराख्नु भएको स्वास्थ्यकर्मीहरु, सुरक्षा निकायहरु, राष्ट्रसेवक कर्मचारीहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरु लगायत सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै,कोरोना महामारीको संक्रमणमा जुधिरहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुको स्वास्थ्य लाभको कामना, कोरोनाको कारणले मृत्युवरण गर्नु भएका सम्पूर्णमा भावपुर्ण श्रद्धा सुमन अर्पण गर्दछु ।

 

कोराना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नेपालको सम्पुर्ण क्षेत्रहरु र जनजीवनहरु तहसनहस भइरहेको परिपेक्ष्यमा भक्तपुर जिल्लामा पनि भयभव अवस्थाबाट हामी गुर्जिरहेका छौं । स्थानीय तहको निर्वाचन भएको पनि चार वर्ष पुरा भइसकेको अवस्था छ, तर तपाईं जनप्रतिनिधिहरुले जनभावना अनुसार कति गर्न सक्नु भो सक्नु भएन, त्यो आगामी निर्वाचनमा हामी जनताहरुले समिक्षा गरौंला, तर अहिले कोरोना माहामारीको अवस्थामा सम्पुर्ण मानवजातिहरुको पहिलो रोजाई जीवन रक्षा रहेको छ, राज्य सम्पुर्ण शक्ति लगाएर नागरिकको जीवन रक्षाको लागि लागिपरिरहेको देखिन्छ, पनि तर नागरिकहरुको जनगुनासो दिन प्रति दिन बढिरहेको छ । घरदैलो अगाडिको सरकारले अझै पनि पर्याप्त   मात्रामा कोभिड नियन्त्रणमा ल्याउन ठोस कार्ययोजनाहरु ल्याउँन नसकेको जगजायर नै छ । यस अवस्थामा स्थानीय सरकारले गरिरहेका कामहरुलाई थप प्रभावकारी बनाउँन निम्न कुरामा अझै ध्यान जाहोस् बन्दै यो अनुरोध पत्र पेश गर्दछु ।

१.अक्सिजन प्लानटहरु निमार्ण कार्यलाई तिव्रता दिइयोस ।

२.अक्सिजन आपुर्तिको व्यवस्थालाई चुस्त, दुरुत र प्रभावकारी बनाईयोस ।

३.पि.सी.आर टेष्ट गर्ने मेसिनहरु आवश्यक मात्रामा खरिद गरियोस ।

४.पालिका भित्र रहेका स्वास्थ्य क्षेत्रका जनशक्तिहरुको एकिन तंथ्याङ्क संकलन गरि उनीहरुलाई हौसला र प्रेरणा प्रदान गरि परिचालन गरियोस ।

५.आफ्नो नगर क्षेत्र भित्र रहेका निजि स्वास्थ्य संस्थाहरुको सेवा प्रभावमा कडाईका साथ अनुगमन गरि व्यवस्थित गरियोस ।

६.रोग भन्दा भोकले छटपटिरहेका ज्याला,मजदुरी गर्ने व्यक्तिहरुको विषयमा उचित निर्णय लिइयोस ।

७.सार्वजनिक भवनहरुलाई स्वास्थ्य उपचारका उपकरणहरु सहित क्वारेन्टाईन र आईसोलेसन वार्डको रुपमा निर्माणको व्यवस्था मिलाईयोस ।

८.एम्बुलेन्सको उचित व्यवस्थापनको लागि निजी सवारीसाधनहरु भाडामा लिएर भए पनि व्यवस्था मिलाइयोस ।

९.स्वास्थ्य क्षेत्रमा राजनीति होईन सबै क्षेत्र र सरोकारवालाहरुसँग समन्वय,सहकार्य र हातेमालो बढाइयोस ।

१०.स्वास्थ क्षेत्रमा लगानी बढाई, अबको नीति तथा कार्यक्रम र बजेट सहित नितिगत व्यवस्था र निर्णय गरियोस ।

११.खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी भईरहेको छ, उचित अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाईयोस ।

१२.कृषिजन्य उत्पादन बस्तुहरुको बिक्री वितरणको लागि सहजिकरण गरियोस ।

१३.वडा जनप्रतिनिधिहरुलाई उचित जिम्मेवारी सहित घरदैलो कार्यमा परिचालन गरियोस ।

१४.सुचना प्रभावको लागि प्रभावित संयन्त्रको विकास गरियोस ।

१५.कोरोनाको दैनिक अपडेट र तथ्यांक व्यवस्थापनको लागि छुट्टै संयन्त्रको विकास र व्यवस्था गरियोस ।

१६.बालबालिका,जेष्ठ नागरिक, महिला,दिर्घरोगीहरु,अपांगता भएका व्यक्तिहरु अझै उच्च जोखिममा र हिंसा,दुव्यर्वहारको सिकारमा हुनु हुन्छ उनिहरुको विषयमा केही योजना तय गरियोस ।

१८.जनचेतना अभिवृद्धिको लागि अनुगमन मुल्यांकनको लागि सर्वपक्षिय समिति गठन गरि सामाजिक संस्थाहरुलाई पनि परिचालन गरियोस ।

१९.सबै नगरबासीहरुलाई कोरोना खोप लगाउँने व्यवस्था मिलाइयोस ।

२०.आवश्यक स्रोत र साधनहरु सहित नागरिक समुहहरु÷गैससहरु÷पत्रकार महासंघहरु सँग समन्वय सहकार्य र परिचालनको लागि आवश्यक सहजिकरण गरियोस ।

२१.क्वीक रेस्पन्स टिमको गठन र परिचालन, आफ्नो पालिकाको सीमा नाकाहरुमा हेल्थ डेस्कको व्यवस्था, हेल्थ डेस्कमा डेडिकेटेड टिम राखियोस ।

२२.कोरोना नियन्त्रणको लागि खर्च भएको र प्राप्त भएको रकम र खर्च विवरणहरु सार्वजनिक गरियोस ।

२३.खाद्यान्न संकटन हुन नदिन भण्डारको व्यवस्थापन गरियोस ।                              

(लेखक– दिपेश बिसुन्के, सामाजिक अभियान्ता भक्तपुर)



धेरै पढिएको