सम्पूर्ण दुग्ध उत्पादक किसान र डेरी उद्योगीहरु विक्षिप्त छन् : नेपाल डेरी एशोसियसन



काठमाडौं, २ जेठ- नेपाल डेरी एशोसियसनले सम्पूर्ण दुग्ध उत्पादक किसान र डेरी उद्योगीहरु विक्षिप्त रहेको जनाएको  छ । एशोसियसनले जेठ दुई गते प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो    वस्तुस्थितीले असहज स्थितीको सामना गर्नु परेको जनाएको हो ।  महासचिव प्रल्हाद दाहालद्वारा प्रेसित उक्त  विज्ञप्तीमा आगामी दिनमा सरकारले यस क्षेत्रलाई बिशेष महत्वका साथ हेर्नु पर्ने उल्लेख गरिएको छ ।  

नेपाल डेरी एशोसियसनद्वारा जारी विज्ञप्ती( पूर्ण पाठ सहित) 

 

                                                                                                                                                                                                             मिति : २०७८/२/२ गते

 

                                                                                                                      विषयः प्रेस  विज्ञप्ति ।

 

उपरोक्त विषयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरका क्रममा एसोसिएसनमा आबद्ध  सदस्यहरुका परिवारहरु एवं आम सर्वसाधारणको निधन प्रति एसोसिएसन परिवार हार्दिक समवेदना प्रकट गर्दछ । 

 

हाल कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिदै गएको सबैमा सर्वविदितै छ । दोस्रो लहरको भेरिएन्ट अत्यन्तै जोखिमपूर्ण रहेको छ । वर्तमान परिप्रेक्षमा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पूरा गरि उच्च सतर्कताका साथ दैनिक रुपमा सम्पूर्ण दुग्ध उद्योगी, किसान र संघ संस्थाहरुले सेवा प्रवाह गर्दै आईरहेका छन । दैनिक रुपमा हजारौको संख्यामा संक्रमण वृद्धि  हुनाका साथ सयौंको संख्यामा मृत्युदर पनि बढ्दै जानुले दैनिक काममा त्रास उत्पन्न भएको छ । यस्तो अवस्थामा सयंमता अपनाउँदै सजगताका साथ सबै किसिमका स्वास्थ सुरक्षाका उपायहरु आपनाइ दूध संकलन, प्रशोधन र बजारीकरण गर्नुपर्ने परिस्थितिले गर्दा यहाँ कार्यरत सबैलाई जतिसक्दो चाँडो भ्याक्सिन उपलब्ध गराउन तत्काल आवश्यक रहेको छ। यस विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरबाट उत्पन्न विभिन्न समस्याका कारण सम्पूर्ण दुग्ध उत्पादक किसान, उद्योगीहरुको दैनिक कामकाजमा प्रभाव परेको हुँदा सम्पूर्ण दुग्ध उत्पादक किसानर डेरी उद्योगीहरु विक्षिप्त रहेको जानकारी गरिन्छ । विगत २०७६ साल चैत्र ११ गतेदेखि कोभिड–१९ को पहिलो लहरमा लकडाउन हुँदा किसानले उत्पादन गरेको दुध उद्योगमा प्रशोधन गरि दुध तथा दुग्धजन्य पदार्थ बजारमा बिक्री नभभएको कारण दुधलाई पाउडर बनाई राख्दा ३ अर्ब रकम बराबरको धुलो दुध र बटर हाल मौज्दात रहेको छ । 

पहिलो चरणको लकडाउन १० महिना पछि खुल्दा केहि मात्रामा भए पनि ३ महिनासम्म सहज रुपमा सामान बिक्रि भएको थियो । तर हाल आएर पुनः नयाँ भेरिएन्टको भाइरस कोभिड– १९ महामारीको दोश्रो लहरले गर्दा फेरी लकडाउन भई दुध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशतमा कमि  आई दैनिक १० करोड बराबरको दुध बजार नपाई खेर गैइरहेको छ। हालको लकडाउनले गर्दा पुरानो मौज्दात रहेको दुग्ध पदार्थ धुलो दूध र बटर अनि अहिलेको थपिदो क्रमले गर्दा चालु पुजि रोकिन गएको छ । जसले गर्दा किसानको पैसा समयमा तिर्न सकिएको छैन । हाल निजि डेरी र डिडिसिमा गरेर करिब ३ अर्ब बराबरको पाउडर दुध र बटर भण्डारमा धन्किएर बसेको छ । यसरी चालु पुँजीको रुपमा रहेको रकम सामान बिक्री नभई भण्डारमा थन्किएको  कारण कतिपय डेरी उद्योगहरु बन्द हुने अवस्थामा रहेका छन्। अन्य विभिन्न क्षेत्रमा कोभिडको समयमा सरकारले अनुदान र राहत उपलब्ध गराए पनि दुग्ध क्षेत्रले आजसम्म कुनै किसिमको राहत नपाएका काराण हाल यो पेशा प्रति नै आम किसान र उद्योगीको आकर्षण घट्दो छ । अहिले उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा झन निरुत्साहित भएपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिन्छ । यस नेपाल  एसोसिएसनले पटक पटक यी तमाम विषयमा कुरा उठाएको र सम्बन्धित निकायमा पत्रचार समेत गरेकोमा कुनै पनि सुविधा हालसम्म पाएको छैन । यो पेशालाई निरन्तरता दिई देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाई, दुग्ध क्षेत्रलाई बलियो बनाउन, उद्योगीहरुको मनोबल उच्च राख्न तत्काल सरकारको तर्फबाट उचित कदम चाल्न आवश्यक छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरले सृजित समस्या समाधानका लागि दुधको उचित व्यवस्थापन तथा उद्यागीहरुको ऋणको व्याज मिनाहा एवं स्टक सामान  बराबरको कर्जा उपलब्ध गराई तत्काल किसानको भुक्तानीमा ध्यान दिई किसाननको मनोबल उच्च बनाउन सरकारले यस पटकको बजेटमा नै विशेष राहत प्याकेज ल्याउन आवश्यक छ । यो पेशाबाट तमाम किसान र उद्योगीलाई पलायन हुनबाट बचाउन यी सबै समस्यामा आवश्यक राहत उपलब्ध गराइदिनुहुन माननिय मन्त्रीज्यू, र सम्बन्धित सबै निकायमा हार्दिक अनुरोध छ । सम्पूर्ण डेरी उद्योगहरुले कोभिड–१९ को दोस्रो भेरिएन्टबाट उत्पन्न समस्याको रोकथामका लागि सबै सदस्यहरुले आ आफ्नो तरिकाले आम जनसमुदायहरुमा सेवा प्रदान गर्ने उदेश्यका साथ बिविध गतिविधिहरु सञ्चालन गर्दै यो विषम संकटको घडिमा दृढ संकल्पका साथ अग्रपंत्तिमा रहि सक्दो सेवा पुर्याउँदै आएको प्रति यस नेपाल डेरी एसोसिएसन हार्दिक आभार प्रकट गर्दै अबका यी विषम परिस्थितिमा आ-आफ्नो तवरबाट सक्दो सहयोगमा जुट्न समेत एसोसिएसन परिवार सबैमा आव्हान गर्दछ ।

 

बोधार्थ

१.माननीय मन्त्रीज्यू,

कृषि तथा पशुपन्छी मन्त्रालय

सिंहदरवार, काठमाडौं ।

२.श्रीमान् सचिवज्यू, कृषि तथा पशुपन्छी मन्त्रालय, सिंहदरबार, काठमाडौं

३.राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवन, ललितपुर 

४.सात वटै प्रदेशका कृषि मन्त्रालयहरु

५.सात वटै प्रदेश दुग्ध विकास बोर्ड

६. पशु सेवा विभाग 

 

प्रल्हाद दाहाल

(महासचिव )

थप जानकारीका लागि 9851095127

 



धेरै पढिएको