नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि
News Desk
Jun-13 , 2021 तारिख 06:26 बिहान

काठमाडौँ — जेष्ठ ३०, २०७८ । 

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

यसअघि ७ भदौदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो । कांग्रेसले यो प्रस्तावलाई अब केन्द्रीय समितिमा लैजाने भएको छ । बैठकले असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय पनि गरेको छ । यसैगरी, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने भएको छ ।

धेरै पढिएको