बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
News Desk
Jun-14 , 2020 तारिख 02:30 बेलुका

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए । उनले अभिनय गरेको पहिलो चलचित्र ‘काया पो छे’ हो । यो चलचित्रले नै उनलाई बलिउडमा स्टार बनाइदिएको थियो । यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । सुशान्तले अभिनय गरेको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, उनको माग पनि बलिउडमा ह्वात्तै बढेको थियो ।

सुशान्तले अभिनय गरेको ‘बेल्कम टू न्यू योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता चलचित्र पनि हिट छन् । उनले बलिउडमा १२ वटा चलचित्रमा काम गरे । भारतको पटनामा सन् १९८९ जनवरी २१ मा जन्मिएका यी नायकले टेलिभिजनमा पनि हिट सिरियल दिएका छन् ।

धेरै पढिएको