टोरन्टो,२६ जेष्ठ | क्यानडाको टोरन्टो शहरमा जुन ७ र ८ मा पहिलो पटक आयोजना गरिएको नेपक्यान फुटसल प्रतियोगिता २०२५ ले नेपाली समुदायमा उत्साह र उमङ्ग थपिदिएको छ। दुई दिनसम्म चलेको यस रोमाञ्चक प्रतियोगितामा विभिन्न शहरहरूबाट कुल आठ प्रतिस्पर्धात्मक टिमहरूले सहभागिता जनाएका थिए। चर्को प्रतिस्पर्धापछि एफसी एभरेस्ट युनाइटेड ले शानदार जित हासिल गर्दै च्याम्पियनको उपाधि हात पार्यो भने ह्यामिल्टन एफसी ले उपविजेतामा चित्त बुझायो।
प्रबन्ध निर्देशक दिपेन्द्र अधिकारीको नेतृत्वमा सम्पन्न यो प्रतियोगिता क्यानडामा रहेका नेपाली समुदायका लागि साँच्चिकै एउटा अविस्मरणीय र गर्विलो क्षण बन्न पुग्यो। यस ऐतिहासिक सफलताको मुख्य आधार विभिन्न प्रायोजक र साझेदारहरूको अतुलनीय सहयोग रह्यो। पिएल ल फर्मका अधिवक्ता राजेन्द्र पोखरेलले शीर्षक प्रायोजकको जिम्मेवारी सम्हालेका थिए।
यसैगरी, बिद्या भूषण कार्की९द्यक्ष्म् एचयाभककष्यलब िऋयचउयचबतष्यल तथा एनआरएन क्यानडाका कोषाध्यक्ष०, राम खड्का ,९क्ष्ऋऋऋ०, , दिनेस सापकोटा ,हम्रो बजार, आशीर्वाद सुवेदी ९गायक०, किरोज श्रेष्ठ ,उपाध्यक्ष, एनआरएन क्यानडा, याम खत्री ९काठमाडौं रेस्टुरेन्ट र पूर्व कोषाध्यक्ष, एनआरएन क्यानडा० – जसले फुड पार्टनरको रूपमा साथ दिनुभयो, डिजिटल पार्टनरका रूपमा पीक बूस्टर, र अय्याम इमिग्रेशन सर्भिसका अशोक पौडेलको उल्लेखनीय सहयोगले प्रतियोगितालाई थप उचाइमा पुर्यायो।
पुरस्कार वितरण समारोह जुन ८ मा सम्पन्न भयो, जहाँ एनआरएनए आईसीसीका निवर्तमान सचिव चिरञ्जीवी घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै एनआरएनए आईसीसीका सल्लाहकार रमेश थापा, र टीएनएससीका धर्मेन्द्र गुरुङ तथा सचिव विमल बस्नेतले पनि पुरस्कार वितरणमा विशेष योगदान पुर्याउनुभयो। प्रतियोगिताको उद्घाटन जुन ७ मा भएको थियो, जसमा लालीगुराँस स्पोर्टस् एण्ड कल्चर क्लबका अध्यक्ष क्रिजल केसी प्रमुख अतिथि हुनुहुन्थ्यो भने व्रामासुखा युनाइटेड क्लबका अध्यक्ष रोशन केसी विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
संघका अध्यक्ष शिव घर्ती मगर, प्रबन्ध निर्देशक दिपेन्द्र अधिकारी र आयोजक सचिन शाहको नेतृत्वमा रहेको आयोजन समिति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रह्यो। विजेता टोलीले आकर्षक ३,०००डलर नगदपुरस्कार र उपविजेताले १,००० डलर नगद पुरस्कार प्राप्त गरे। दुई दिनसम्म सयौं स्वयंसेवकहरूको अथक श्रम र समर्पणले प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा सम्पन्न गर्न ठूलो भूमिका खेल्यो, जसले खेलकुदको माध्यमबाट सामुदायिक एकताको अनुपम उदाहरण प्रस्तुत गर्यो।
आयोजक टिमले सम्पूर्ण खेलाडीहरू, प्रायोजक, पाहुनाहरू, स्वयंसेवकहरू र शुभेच्छुकहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेको छ। उहाँहरूको सहयोगविना यो ऐतिहासिक कार्यक्रम सम्भव थिएन। यस प्रतियोगिताले खेल भावना र मित्रता प्रवर्द्धनका साथै क्यानडामा रहेका नेपाली समुदायबीच एकता र गौरवको भावनालाई अझ सुदृढ बनाएको छ।