संयुक्त राष्ट्रसंघले भारत यो शताब्दीभरि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश रहने बताएको छ। राष्ट्रसंघले विसं २११७ साल (सन २०६०) मा भारतको जनसंख्या करिब १ अर्ब ७० करोड पुग्ने र त्यसपछि १२ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ।

ंगत वर्ष भारत चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्यो र सन २१०० सम्म शीर्ष ठाउँमै रहनेछं, बिहीवार सार्वजनिक ‘वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स २०२४’ प्रतिवेदनमा भनिएको छ, ‘यो शताब्दीमा भारत सबैभन्दा बढी जनसंख्या भएको मुलुक रहने सम्भावना छ। सन २०६० को शुरुवातसम्म भारतको जनसंख्या १ अर्ब ७० करोड पुगेपछि १२ प्रतिशतले घट्ने अनुमान छ।’ अहिले भारतको जनसंख्या १ अर्ब ४५ करोड छ।
योसँगै सन २०५४ मा १ अर्ब ६९ करोड पुग्नेछ। सन २१०० मा भारतको जनसंख्या घटेर झण्डै अहिलेकै तहमा १ अर्ब ५० करोड हुनेछ। तैपनि भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश रहनेछ। ‘भारत हाल जनसंख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो देश हो र शताब्दीभरि शीर्ष स्थानमा रहनेछ’, संयुक्त राष्ट्रसंघको जनसंख्या विभागका वरिष्ठ अधिकारी क्लेयर मेनोजीले भने।
सन २०५४ मा चीनको जनसंख्या घटेर १ अर्ब २१ करोडमा आउने प्रतिवेदनले जनाएको छ। हाल चीनको जनसंख्या १ अर्ब ४१ करोड छ। प्रतिवेदनमा भनिएको छ, ंअहिले चीन विश्वको दोस्रो धेरै जनसंख्या भएको देश हो। यसको जनसंख्या २०२४ देखि २०५४ सम्म २० करोड ४० लाख घट्न सक्छ।ं
यसबाहेक जापानको जनसंख्या २ करोड १० लाख र रूसको जनसंख्या एक करोड घट्नेछ। प्रजनन क्षमताको निरन्तर न्यून स्तरका कारणले चीनमा शताब्दीको अन्त्यसम्म सबैभन्दा धेरै जनसंख्या ७८ करोड ६० लाख घट्ने अपेक्षा गरिएको छ। प्रतिवेदनले अहिले विश्वव्यापी प्रजननदर प्रतिमहिला २।२५ जीवित जन्म रहेको बताएको छ। यो सन १९९० मा ३।३१ थियो।
सन २०५४ सम्म पाकिस्तानको जनसंख्या ३८ करोड ९० लाख पुग्ने र योसँगै अमेरिकालाई पछि छोड्दै पाकिस्तान विश्वको तेस्रो धेरै जनसंख्या भएको देश बन्नेछ। अहिले त्यहाँको जनसंख्या २५ करोड १० लाख छ।
हाल विश्वको तेस्रो धेरै जनसंख्या भएको देश अमेरिकाको जनसंख्या ३४ करोड ५० लाख छ। सन २०५४ मा यसको जनसंख्या ३८ करोड ४० लाख पुग्नेछ र यो विश्वको चौथो धेरै जनसंख्या भएको देश बन्नेछ। सन २१०० मा ५१ करोड १० लाख जनसंख्या भएको पाकिस्तान विश्वको तेस्रो धेरै जनसंख्या भएको देश रहनेछ।
सन २०२४ अन्त्यसम्ममा विश्वको जनसंख्या ८ अर्ब २० करोड पुग्ने प्रक्षेपण छ। प्रतिवेदनले आगामी ५०-६० वर्षमा विश्वको जनसंख्या बढ्दै जाने र सन २०८० को मध्यसम्म विश्वको जनसंख्या १० अर्ब ३० करोड पुग्ने जनाएको छ। यद्यपि एक्काइसौँ शताब्दीको अन्त्यसम्म विश्वव्यापी जनसंख्या क्रमशः १० अर्ब २० करोडमा झर्ने प्रक्षेपण गरिएको छ।
प्रतिवेदनमा यो शताब्दीमा विश्वको जनसंख्या चरम सीमामा पुग्ने सम्भावना ८० प्रतिशत रहेको उल्लेख छ। राष्ट्रसंघले लगभग १२६ देश र क्षेत्रहरूमा जनसंख्या सन २०५४ सम्म बढ्ने र सन २१०० पछि आफ्नो चरम सीमामा पुग्ने बताएको छ। यो समूहमा विश्वका धेरै जनसंख्या भएका देश भारत, इण्डोनेशिया, नाइजेरिया, पाकिस्तान र अमेरिका समावेश छन।
सन २०२४ मा विश्वव्यापी आयु ७३।३ वर्ष पुग्नेछ। सन १९९५ को तुलनामा ८।४ वर्षले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।