प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

0
37
see on 2 no peadesh

काठमाडौँ — चैत्र २२ ।

परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ ।

प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो ।

प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो ।

प्रदेश–२ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सहभागी भएको प्रदेश–२ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

मोबाइल निषेध

चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउँदै अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ ।

यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले दुवै विषयको परीक्षा रद्द गर्नुका साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

(ईमेज खवर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here