entertainment
||Rajyadainik||

आजको समाचार

रानीवनमा साधना डिजिटल रेकर्डिङ स्टुडियोको शुभारम्भ

मनोरञ्जन


काठमाडौँ — माघ १२, २०७७। 

साधना डिजिटल रेकर्डिङ स्टुडियोको शनिबार शुभारम्भ गरेको छ । अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरिने साधनाको हिजो शनिबार एक कार्यक्रमबीच शुभारम्भ गरेको हो ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–१, रानीवनमा गायक चन्द्रकुमार मोक्तानले उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो सोनाम घ्युर्मे, नेपाल तामाङ संस्कृति घेदुङका उपाध्यक्ष कुमार घिसिङ, वरिष्ट गायक संगीतकार चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, संगीत संयोजक डिका गुरुङ,संस्कृति घेदुङका उपाध्यक्ष एवं ताम्बा संघका अध्यक्ष धावावाङ्गेल लामाले स्टुडियोहरुको भीडमा एउटा स्टुडियो थपिएकाले व्यावसायिक रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

रेकर्डिङ स्टुडियोका संचालक संगीत शिक्षक, म्युजिक एरेन्जर,गायक एवं सङ्गितकार छेवाङतेन्जिङ लामा र बाँसुरी बादक सोनाम लो लामा हुन् ।

बहुल जात, भाषा, धर्म र कला, संस्कार, संस्कृति रहेको हाम्रो देशको श्रृंगारको रुपमा रहेको लोपोन्मुख गीतसंगीतहरु संकलन गर्दै अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरी उक्त गीतसंगीतलाई पुस्तौपस्तासम्म विश्वभरिका संगीत अनुरागीहरुले हेर्न र सुन्न सक्ने गरी डिजिटल लाइब्रेरीमा भण्डारण गर्ने उद्देश्यले स्थापना गरेको संचालकहरुले बताएका छन् ।

साथै विभिन्न चर्चित कलाकारहरुले यसै महिनामा सोहि रेकर्डिङ स्टुडियोमार्फत रेकर्डिङ गर्ने प्रतिबद्धता समेत जनाईसकेको युथ कृयसन नेपालका संस्थापक अध्यक्ष रबि लामा तामाङ ले जानाएका छन।  

गायक छेवाङतेन्जिङले स्वर साधना संगीत पाठशालाबाट विगत वि.सं.२०५९ बाट गीतसंगीतका प्रशिक्षण दिइरहेका छन् ।

न्युज लाइन्स मिडियाको आफ्नो ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

मनोरञ्जन


 

काठमाडौं, ११ माघ - न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम  भब्यताका साथ सम्पन्न भएको छ ।  मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम  बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम  माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे ।  सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा, गायिकाद्व्य विद्या  तिवारी र एनी श्रेष्ठ तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल रहेका छन् ।  

सो अवसर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम,योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए ।  साथै, उनले अध्यात्मले मानिसको जीवनलाई सफलता तर्फ डोर्याउन बल प्रदान गर्ने हुँदा व्यस्ततर जीवन व्यथित गर्ने पत्रकारहरुले समय निकालेर दैनिक योग र ध्यानमा लिन हुनुपर्नेमा जोड दिए ।  

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्युजलाइन्स   मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्‍टिकोण झन झन साँघुरिदै गएको बताए ।  त्यसो त उनले बदलिदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भ कोटयाउदै न्युजलाइन्स मिडियाले पनि देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको बताए ।  

त्यसैगरि, कार्यक्रम माझ विशिस्ठ अतिथीको आसनबाट बोल्दै    नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरु हकहितका निम्ती महासंघले बुलन्द रुपमा आवाज उठाउदै आएको प्रसङ् कोटयाउदै पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राखे ।  

सो अवसरमा वरिस्ठ पत्रकार ॠषि धमलाले  न्युजलाइन्स मिडियाले संचार जगतको शिर उचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले  लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्ने धारणा  राखे ।  

कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टले न्युजलाइन्स मिडिया  सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहदै आएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न           
सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गरिन ।  

कार्यक्रममा टान अध्यक्ष खुम बहादुर सुवेदी, कृषि वैज्ञानिक                                                                               डा. हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वल जंग शाह, समाजसेवीद्व्य लोक कृष्ण भट्टराई र निलकण्ठ तिवारीले शुभकामना मन्तब्य व्यक्त गर्दै न्युजलाइन्स मिडियाको उत्तरोत्तर प्रगतीको कामना गरे ।  

कार्यक्रममा रामप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने नारायण बेल्बासेले धन्यवाद मन्तब्य राखेका थिए ।  

कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकारद्व्य सरोज ओझा र रविन थपलिया लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।  सोही अवसर माझ विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदीलाई सम्मानार्थ कदर पत्र प्रदान गरिएको थियो ।

शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)

मनोरञ्जन


गायक नेत्र भण्डारीको स्वरमा ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।
‘बिन्दवासिनी म्यूजिक’ नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन गरेका छन ।

अजय रेग्मिको छायांकन रहेको भिडियोलाई सम्पादन अभिनायक मान शेरचन र कलर सम्पादन क्रान्ति केसीले गरेका छन ।
सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टको निर्माण रहेको भिडियोमा निर्देशक शिवन स्वयंकै अभिनय रहेको छ भने उनलाई रश्मि भट्, अनिता बस्नेत,कुमार केसी,गन्दिप सुवेदी,कमल गौतम,दुर्गा ढकाल,सुशिल खड्का,अभिनायक मान शेरचन, तथा बालकलाकार सहारा बस्नेत र अनिकेश परियार लगायतका कलाकारहरुले साथ दिएका छन ।

नेवार सुन्दरीहरूद्वारा विश्व शान्तिकोे प्रार्थना

मनोरञ्जन


नयाँ मिस नेवाः नेपाल चयन हुन अब धेरै दिन बाँकी छैन। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको नयाँ नजिकिएसँगै यसका प्रतियोगीहरुको व्यस्तता र चुनौती पनि बढ्दै छ। नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपालका प्रतियोगीहरुको व्यस्तता विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो।

यसै क्रममा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले राजधानीको महांकाल र संकटा मन्दिरमा पूजाआजा विश्व शान्तिका लागि प्रार्थना गरेका छन्। प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रबार महांकाल मन्दिरमा लाखबत्ती बाले।

शनिबार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरे। मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुमा नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ। मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दै छन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

किरण माइकल’को ‘फेवा’ (भिडियो)

मनोरञ्जन


किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन ।

सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै सङ्गीत र एम प्रधानको एरेञ्ज रहेको गीतको भिडियो हरि लामा र सुदिप आत्रेयले निर्माण गरेका हुन् । सौरभ लामा छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ ।

संजित, श्रीदेव र चन्दा अभिनित ‘जुन दिन मलाई’को छायांकन सम्पन्न

मनोरञ्जन


एभरग्रिन वल्र्डवाईड ईन्टरटेनमेन्टको निर्माण तथा लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न भएको छ । गोकर्ण स्थित काठमाडौ ट्राउट रिसोर्ट लगायत काठमाडौं वरपरका रमणीय दृश्य कैद गरिएको भिडियोको छायांकन ३ दिनमा सम्पन्न गरिएको जानकारी निर्देशक ढकालले जानकारी दिए ।

हांस्य कलाकारको रुपमा ख्याती कमाएका ढकालले निर्देशनमा समेत जम्ने प्रयासका लागी आफुले मिहिनेत गरेर भिडियोहरु बनाउने तर्फ लागेको बताए । हिजो छायांकन सम्पन्न उक्त भिडियोको गितका गायक कृष्ण राज भण्डारीकै स्वर,शव्द र संगित रहेको छ ।

भने कलाकारहरुमा चकलेटी नायक संजित भण्डारी, श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे,रोहित कार्की, शुसिला बिडारी लगायत रहेका छन । भिडियोलाई छायांकार रिदम वाईबाले छायांकन गरेका छन भने मेकअप युमिषा पाण्डेको रहेको छ । चांडै नै ‘छन्दे’ च्यानलबाट सार्वजनिक गरिने भिडियोलाई तारा थापा किम्भेले सम्पादन गर्ने छन ।

भिडियोलाई संचारकर्मी भानुभक्त ढकाल,कृष्ण भट्टराई,श्याम स्मृत, जिवन पराजुली, मनिष अन्जान, नवराज भण्डारी, गिता अधिकारी, अरविन्द गौतम, शुसिला तिवारी, कुवेर गिरी, माधव खरेल, शान्ति प्रिय लगायतको साथ रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

सौन्दर्य सम्बन्धी ज्ञान लिदै ‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरु

मनोरञ्जन


काठमाडौँ — माघ ५, २०७७। 

नेप्लिज फेशन होमले आयोजना गरेको ‘मिस नेवाः ११४१’ पन्ध्रौं संस्करणका प्रतिस्प्रर्धिहरुलाई राजधानीस्थित काठमाडौँ मलमा रहेको ग्लो ब्यूटि स्टुडियोमा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गरिएको छ । 

एन एफ एच इभेण्टको सहकार्यमा ग्लो ब्यूटि स्टुडियोको संचालक तथा मोडल दिपाशा बिसीले ‘मिस नेवाः ११४१’का सम्पूर्ण प्रतिस्पर्धी तथा आयोजक टिमलाई खादा तथा केक काटेर सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्ने कार्यक्रममा स्वागत गर्नुभएको थियो। 

आयोजक नेप्लिज फेशन होमले नेवार कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्नका लागि विगत १७ वर्षदेखि लगातार ‘मिस नेवाः’ का साथै सानासाना नेवाः नानीहरुका लागि ‘मिस लिटिल नेवाः’ जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक संस्थाका अध्यक्ष हेमा मानन्धरले जनाउनु भयो। 

‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरुलाई नेवारी कला, भाषा, भेषभुषा, संस्कृतीसम्वन्धी ज्ञानका लागि विभिन्न चरणमा हुने कार्यक्रम अन्तर्गत कल्चरल फोटोसुट, नेवारी पहिरण सम्वन्धी ज्ञान, नेवार भाषा तथा लिपीसम्बन्धी ज्ञान, नेवारी भोज तथा लाखवत्ती सम्वन्धी कार्यक्रम, ट्यालेन्ट शो लगायत विभिन्न चरणमा प्रतिस्पर्धीहरुलाई उक्त बिषयप्रतिको ज्ञान तथा उनीहरुको क्षमता अभिवृद्दी गराउँदै लैजाने क्रममा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्नु पनि आवश्यक रहेकोले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण स्थगित रहेको कार्यक्रम स्वास्थ्य सम्वन्धी सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्दै  पुनः संचालनमा आएको हो। हाल अडिसनमार्फत छानिएका उत्कृष्ट १५ नेवार सुन्दरीहरु ‘मिस नेवाः ११४१’ को ताज जित्न प्रतिस्पर्धामा उत्रिएका छन। 

उक्त कार्यक्रममा नेपाल क्याेकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठ लगायत मिस नेवाःनेपाल ११३९ का बिजेता नितु डंगाेल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीकाे समेत विशेष उपस्थिति रहेकाे थियाे ।

‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल, आशिका र सन्दीपको हातमा

मनोरञ्जन


धनगढी — माघ ४, २०७७। 

न्यू राईज इन्टरटेनमेन्टको आयोजनामा धनगढीमा सम्पन्न भएको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल घिमिरे, आशिका शाह सन्दीप चौधरी ले जित्न सफल भएका छन्। 

एन्जलले मिस लिटिल फारवेस्ट नेपालको उपाधी हात पार्दा आशिकाले मिस टिन फारवेस्टको उपाधी आफ्मो हातमा पारिन।  त्यसैगरी मिस्टर टिन फारवेस्टको उपाधी सन्दीपले हात पार्न सफल भए। 

सुदूरपश्चिम प्रदेश पर्यटन ईकाइ प्रमुख  भोजराज पाठकको प्रमुख आतिथ्यता तथा नाङ्ग्लो क्याफेका संचालक वहादुर कार्कीको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा फर्स्ट रनरअपको उपाधी आरुषी शाहले पहिरिदा अर्गनाईजर चोईस तर्फको अवार्ड एलिजा देउवाले हात पारेकी थिईन। 

प्रतियोगिताका बिजेताहरुले उपाधीको साथमा बिभिन्न गिफ्ट ह्याम्परसंगै विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा कार्यक्रमका आयोजक कमल देउवाले जानकारी गराएका छन्।

पुजा सिंह र सागर सिंहको कोरियोग्राफी रहेको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को निर्णायकमण्डलमा रजनी केसी, ऐश्वर्य क्षेत्री र रितिका गुरुङ्ग रहेका थिए। 

कला संस्कृ्तिको सम्वर्द्दन तथा प्रवर्द्दन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने आयोजक हिमानी देउवाले जनाएकी छिन।

मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

मनोरञ्जन


बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको पहिलो अडिसनबाट २२ जना सहभागी छनौट भएका छन ।

नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारीको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन माघ १० गते शनिवार सोही स्थान रोयल एलिनाज बानेश्वरमा हुने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

 

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज क्याफे, नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।

यो मायाको डोरो’ बोलको भिडियो सार्वजनिक

मनोरञ्जन


 

काठमाडौं । गीत लेखेर एक पछी अर्को कृतिमान कायम गरेका डाक्टर धर्मराज उपाध्यायको रचना रहेको गीत‘यो मायाको डोरो’ बोलको गिती भिडियो सार्वजनिक भएको छ । राजन तिमल्सिना र मेलिना राइको स्वर तथा राजन तिमल्सिना कै संगीतमा तयार गरिएको उक्त गीतको भिडियो भर्खरै मात्र छ्यान्कन सम्पन्न भएको छ।
भिडियोमा सन्दिप सुवेदी र अन्जु सुनारको अभिनय रहेको छ भने प्रज्वल शाक्यको निर्देशन र अखिल बास्तोलाको छायान्कन रहेको छ । उक्त भिडियोलाई गोदावरीको रमणिय स्थलमा छायान्कन गरिएको हो ।            हेर्नुहोस भिडियो सहित : https://youtu.be/QoeH_2DZvVs