“इएनआई डि सिने अवार्ड–२०७६” मनोनयन सार्बजनिक, को को परे ? सूचि सहित

0
102
d-cine-award

काठमाडौं— बैशाख १२ ।

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ को मनोनयन सार्वजनिक गरिएको छ ।

मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको आयोजक पक्षले बताएको छ । छायाँछविले यसपटक देखि डि सिने अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर हामीले उत्कृष्टताको सूचीमा सातसम्म स्थान दिने निर्णय गरेको छ ।

११ औं संस्करणको इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्रमध्ये पिजडा मार्फत ४८ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल, रोमियो एण्ड मुना जस्ता चलचित्र भने सहभागीता जनाउन नआएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसै गरी कुशल अभिनेता÷लेखक खगेन्द्र लामिछानेले अवार्डहरुमा सहभागिता नजनाउने भनेका कारण उनलाई सहभागी नगराइएको छायाँछविले जानकारी गराएको छ । एघारौं ईएनआई छायाँछवि डि सिने अवार्ड –०७६ का लागि लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेति एवं नेपालकै पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेका थिए । अवार्ड बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।

१. उत्कृष्ट पाश्र्वसंगीत

शैलेश श्रेष्ठ प्रसाद

जैसन कुवर, प्रवेश मल्लिक भोर

एलिस कार्की समर लभ

एलिश कार्की डमरुको डण्डिवीयो

किरण तुलाधर, सन्दिप कार्की साली कस्को भिनाको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here