जापानमा सम्पन्न ईन्करेजमेन्ट अवार्डमा दिपक डोटेलले पाए दुई विधामा अवार्ड

0
55

काठमाडौँ —भाद्र ५।

जापानमा सम्पन्न नेपालको पहिलो समावेशी ईन्करेजमेन्ट अवार्डमा दिपक डोटेलले नायक तथा समाजसेवी विद्यामा दुई अवार्ड प्राप्त गरेका छन । उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो । यस अवार्ड कार्यक्रममा सम्पुर्ण क्षेत्रलाई समावेश गरिएको थियो ।

कार्यक्रममा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, जनप्रगातिशिल मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा, सहअयोजक मातृ सन्देश डट कमका सहसम्पदक सन्ता कुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ, अवार्ड कार्यक्रमका निर्देशक समिर लामाको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाली नोट डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार सरोज खनाल, धिरेन साक्य, दिपक डोटेल, अन्जु गौतम, मिङ्स लामा, टेलि सिरियल हर्के हवलदारका कलाकार टिम लगायतको व्यापक सहभागीता रहेको थियो । उक्त कार्यक्रममा डोटेलले नायक तथा समाजसेवी विद्यामा दुई अवार्ड प्रप्त गरेका हुन । यसअघि इजिप्टमा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड पनि डोटेलले प्रप्त गरिसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here