संचारकर्मी राज लुईटेल वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट सम्मानित

0
115
अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड

संचारकर्मी राज लुईटेल यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ बाट सम्मानित भएका छन ।

थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा जनवरी १२ देखि १६ सम्म भव्य तरिकाले सम्पन्न अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ मा लुइँटेल अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मानबाट सम्मानित भएका छन ।

विगत लामो समयदेखि नेपाली चलचित्र, अभिनय, गीत, संगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड

लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान,२०१८ द्वारा सम्मानित गरिएको आयोजकले जनाएका छन ।

अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड

राष्ट्र खबर पत्रिका, राष्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा फेशन शो, अवार्ड तथा विविध कार्यक्रमहरुको आयोजना गर्ने क्रममा पछिल्लो समय आफु निकट साथीभाईको सहकार्यमा युएईको दुवईमा मोडल सङ्ग्स अवार्ड र काठमाडौमा सगरमाथा म्यूजिक अवार्ड लगायतका विभिन्न ईभेन्टस सफलतापूर्वक सम्पन्न गराईसकेका छन ।

राजधानीमा मात्र केन्द्रित रहेर आयोजना हुँदै आएका सौन्दर्य, मोडलिङ्ग एवं फेशन शो सम्बन्धि कार्यक्रमहरु मोफसलमा समेत आयोजना हुनुपर्छ भन्ने सोचका साथ देशभरीका विभिन्न शहरहरुमा फेशन शो आयोजना गर्ने क्रममा बुटवलमा भएको फेसन शो को भव्य सफलता पश्चात् माघ ११ गते बिराटनगरमा हुन लागेको पूर्वान्चलस्तरीय फेसन शो को तयारीमा व्यस्त राजले थाईलैण्डको बैंकक र कतारको दोहामा अन्तराष्ट्रिय फेशन शोको आयोजनाको तयारीलाई समेत तिब्र बनाएका छन ।

करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका समेत निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभै भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित भैसकेका छन ।

बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here