इपीएलःपारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई ३ विकेटले हरायो

0
44
everest-premire-league-trophy-lalitapur vs chitawan

काठमाडौं, मंसिर २३ ।
शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ ।निकै नै रो्मान्चक भएको खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएकाे एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटकाे क्षतिमा प्राप्त गरेकाे हाे ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि करण केसीले नटआउट रहदै ३६ रनकाे याेगदान गरे। विराटनगरका लागि अनिल शाहले ११ रन, आशिफ शेखले १९ रनको योगदान गरे । ललितपुरका लागि बलिङतर्फ भने गौरव टोमारले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछानेले २ विकेटलिदा ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ४ रन जोड्न सफल भएको थियाे । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनकाे याेगदान गरे । अन्य ब्याट्सम्यान जयकिशन कोल्सावाले ४ रन , पवन सफारले १४ रन, सन्नि पटेलले २० रन, गाैरव टाेमारले ४ रनको योगदान गरेका छन् । विराटनगरको जितको लागि रोलेफ भान डेर मर्भि र करण केसीले समान २/२ विकेट र कप्तान पारस खड्का, बसन्त रेग्मी र समित पटेलले समान १/१ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here