चुनावमा टाटा कम्पनीले बाड्यो ६ सय करोड, भाजपालाई मात्रै साढे ३ सय करोड चन्दा

0
109
modi

काठमाडौँ — बैशाख १७ ।

भारतमा जारी लोकसभा चुनावका लागि टाटा गाडी कम्पनीले ६ सय करोड भारतीय रुपैयाँ चन्दा दिएको सार्वजनिक भएको छ । कम्पनीले चुनावी ट्रस्टमार्फत विभिन्न पार्टीलाई सो रकम दिएको हो ।

कम्पनीले सन् २०१४ मा सम्पन्न भएको लोकसभा चुनावमा २५ करोड भारतीय रुपैयाँ चन्दा दिएको थियो । कम्पनीले भनेको छ, ‘अघिल्लो चुनावको तुलनामा यस वर्ष दिएको चन्दा २० गुणा बढी रहेको छ ।’ यससँगै टाटा कम्पनीले चुनावमा ६ सय कराेड चन्दा दिएकाे खुलासा गरेकाे छ ।

यस क्रममा टाटा कम्पनीले सबैभन्दा बढी चन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई दिएको उल्लेख गरिएको छ । भाजपालाई कम्पनीले ३ सयदेखि ३ सय ५० करोडसम्म चन्दा दिएको जनाएको छ । यसैगरी भारतीय कांग्रेसलाई ५० करोड चन्दा दिएको जनाएको छ ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here