lifestyle
|| Rajyadainik ||

आजको समाचार

गोक्यो रि म्युजिक भिडियो मार्फत पाँच नेपालीले राखे बिश्व कृतिमान

जीवनशैली


नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो ।

गोक्यी री गीत  नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायि  तथा सिनेमाटोग्राफर राजन खरेल, व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले  निर्माण गरेका हुन् ।

प्राप्त जानकारीअनुसार गिनिज बुकले पाँच जना निर्माता टोलीलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ भने बाँकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् भने दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भूमिका निर्वाह थिए । त्यस्तै लाईभ बाद्यबादनअन्तर्गत बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

उक्त गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगीत बिक्रम राई, संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन् । दुर्लभ जन्तरे (बुद्धिराज राई )को निर्देशनमा बनेको भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगरसँगै बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ ।

गोक्यो रि म्युजिक भिडियो मार्फत पाँच नेपालीले राखे बिश्व कृतिमान

जीवनशैली


नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो ।

गोक्यी री गीत  नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायि  तथा सिनेमाटोग्राफर राजन खरेल, व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले  निर्माण गरेका हुन् ।

प्राप्त जानकारीअनुसार गिनिज बुकले पाँच जना निर्माता टोलीलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ भने बाँकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् भने दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भूमिका निर्वाह थिए । त्यस्तै लाईभ बाद्यबादनअन्तर्गत बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

उक्त गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगीत बिक्रम राई, संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन् । दुर्लभ जन्तरे (बुद्धिराज राई )को निर्देशनमा बनेको भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगरसँगै बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ ।

गोविन्द कंडेल सम्पादित ‘प्रेमको लालपुर्जा’लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

जीवनशैली


उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ । समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो ।

लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो । कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा। देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ ।

समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ । उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ ।

कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो ।

कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
मेरो सम्पादन र प्रकाशनमा दिलु सिप्तुङ्खा राई द्वारा लिखित प्रेमको लालपुर्जा उपन्यास एक भव्य अनि सब्य कार्यक्रमको आयोजनामा लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यको साथमा समालोचक तर्कना शर्मा ज्यू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली राष्ट्रियसभाका सांसद अगन वान्तवा लगायत धेरै साहित्यकार , पत्रकार र साहित्य अनुरागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार वन्तलाई

जीवनशैली


 

काठमाडौँ, ७ फागुन (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद रु पन्द्र हजार सहित सो पुरस्कार प्रदान गर्नुभयो ।

फोटो पत्रकार वन्तलाई कोभिड–१९ समयमा जोखिमका बीच अहोरात्र फोटो सङ्कलन गरी फोटो पत्रकारितामा योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो । पत्रकार वन्तले यसअघि पनि ५ वर्ष अघि राससबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

फोटो पत्रकार वन्त विगत नौ वर्षदेखि राससमा फोटो पत्रकारका रुपमा काम गर्दै आउनुभएको छ । पत्रकार वन्तले रासस र देशका विभिन्न स्थानमा रहेका पत्रकारलाई फोटोसम्बन्धी तालीम तथा प्रशिक्षण दिँदै आउनुभएको छ ।

फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका महासचिवसमेत रहनुभएका पत्रकार वन्तले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको थियो । पत्रकार वन्तले विगत लामो समयदेखि फोटो पत्रकारको अधिकारको निम्ति आवाज उठाउँदै आउनुभएको छ ।

हीरक वर्ष शुभारम्भका अवसरमा राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई दीर्घ सेवा पदकसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 भलिबल खेलको सैद्धान्तिक र ऎतिहासिक सन्दर्भ

जीवनशैली


 

डिएन घिसिङ

"भलि" र "बल" दुई शब्दहरूको संयोजनबाट भलिबल शब्द निर्माण भएको हो।भलिबल दुई समुहबीच खेलिने एक लोकप्रिय खेल हो।यस खेल निश्चित मैदानमा खेलिन्छ।दुई समुह बिचलाई मैदानको मध्यभागमा बार जालले बिभाजन गरेको हुन्छ।हावा रहित बललाई भुइँमा खस्न नदिई एकै समुहका सदस्य बीच तालमेल गरेर विपक्षी समुहको खेल रक्षण क्षेत्रभित्र बल अवतरण गराउनु यस खेलको मुल सैद्धान्तिक पक्ष हो।अंकभार प्राप्तीका लागि विपक्षी टिमको उचित स्थानमा बल फ्याक्दै हरेक समुहका सदस्य खेलाडीले कौशल प्रयास जारी राखेका हुन्छन।यस खेलको अर्को सुन्दर पक्षमा विपक्षी समुहको मैदान भित्र बललाई अवतरण गराउन बल र बुद्धीको कलात्मक प्रस्तुतीलाई लिने गरिन्छ।त्यसो त,यस खेललाई रणनीतिक कौशलता र मनोरञ्जनात्मकताको कसीबाट हेर्ने गरिन्छ ।समुहमा सदस्यहरु जोडिने भएकाले सामुहिक भावना यस खेलको मुल मर्म हो। हलभित्र वा खुल्ला हावामा पनि खेल्न सकिने र अधिक गुणात्मक संख्यामा खेलाडीहरूले भाग लिन सकुन भनेर वातावरणलाई प्रमुखताका साथ हेरिएको छ।बललाई हावाको माध्यमबाट निश्चित आकार प्रदान गरिन्छ।बलको आकार गोलो,बाहिरी भागमा छाला वा सेन्थेटिकले बनेको तथा वा तेस्तै पदार्थले बनेको ब्लाडर हुन्छ।अन्य बलको तुलनामा भलिबलको बनावट करिब-करिब मिल्दो जुल्दो देखिएता पनि हुबहु समानता हुँदैन।अर्थात भलिबलअन्य बलको तुलनामा तौल र आकारमा भिन्न हुन्छ।रबरको आन्तरिक ट्यूबको साथ एउटा निश्चित परिधिको बनावट प्रयुक्त रहन्छ,भलिबल।बल एकै प्रकारको उज्यालो रंग वा मिश्रित रंगको हुन्छ।जालमा ठोक्काउनु भन्ने अर्थबोधका साथ भलिबल शब्दको प्रादुर्भाव भएको देखिन्छ।भलिबल खेलमा समावेशीकरण, विश्वसनीयता, सहकार्यता र समानताको सिद्धान्तको पालनामा जोड दिने गरेको पाईन्छ।

भलिबल:दुई टोलीहरूद्वारा खेलिने भएकाले सामान्यतया एक पक्षले आफ्ना समुहका बीचमा बढीमा ३पटक एक-आपसमा खेल्न र रचनात्मक तयारी गर्न सक्छन।प्रतिद्वन्दी माथि प्रहार गर्दा बार जालको माथिबाट निश्चित क्षेत्रमा बल खसाल्नुपर्ने हुन्छ।प्रतिरक्षाको लागी विपक्षी समूहले तत्परता वा छेक्ने प्रयास गरेका हुन्छ। बल छेक्दा वा फाल्दा कुनै पक्षले हातले बार जालमा छुन वा तान्न पाइदैन। भलिबल खेलको प्रतियोगिता अवधीका लागी नियमन गर्न एक निर्णायक समुह खडा गरिएको हुन्छ।जसको उदेश्य निस्पक्ष दृश्य अवलोकन गर्दै स्तरियता कायम गराउनु रहन्छ।अनुशासन,ब्यक्तिगत क्षमता ,समुहको भावना लगायतलाई ध्यानमा राखी खेलको नतिजा निर्धारण गरिन्छ । भलिबल खेललाई गतिशील बनाउन मुख्यतःप्राविधिक पक्षको महत्वपूर्ण हात रहन्छ।प्राविधिक पक्षको गहिरो ज्ञान वा सुझबुझपूर्ण व्यवहारले भलिबल खेल गतिविधिलाई विवादरहित र रचनात्मक बनाउन टेवा पुर्याराखेको हुन्छ।यसले खेल कौशललाई प्रबर्द्धन गर्न पनि अहम भुमिका निभाएको हुन्छ। यसर्थ, सम्बन्ध र मार्गमा भिन्नता भएता पनि खेलाडी,प्रशिक्षक र निर्णायकको भुमिकाको अवस्थालाई खेलको भावना र मान्यतासँग जोडेर हेरिने गरिन्छ।परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो।जसले मौलिकता र आधुनिकता अनुरुप आ-आफ्नो खेलको परिचायक बोकेको हुन्छ।भलिबल खेलमा खेलाडीले प्रत्यक्ष र परोक्ष तबरले सहभागीता जनाउने वा संग्लग्न रहने हुदाँ भावनात्मक रुपमा मनोरञ्जन,सुखानुभुती वा दु:खबोध गराएका हुन्छन्।आधुनिक खेल संचालकले भलिबल खेलको बौद्धिक सम्पत्तिलाई उपकरण मार्फत परिणाममुखी बनाउन हैंसे थपेको छ।जसले सामाजिक र आर्थिक महत्व बोक्ने गरेको पाईन्छ । भलिबल खेल मार्फत सामाजिकरण गतिविधिमा संलग्न ब्यक्तिको प्राथमिकता पहिचान हुने गर्दछ। सामान्यतया,खेलले व्यक्तिको चरित्र,सम्बन्ध,विचार र भावनाहरूलाई मात्र हैन संस्कृती र सामाजिकरण गर्ने कुरामा समेत महत्व बोक्ने गर्दछ।आधुनिक भलिबल खेल गतिविधिले अन्तरदेशिय सु-सम्बन्ध स्थापित गर्न र संस्कार- संस्कृती अदली बदली गर्नमा भूमिका खेल्ने गरेको पाईन्छ । भलिबल खेलको लोकप्रियतासँगै क्षेत्रियता र अन्तर्राष्ट्रिय संगठन समेत स्थापित भएका छ्न।खेलको विकाससँगै भलिबल खेलको राष्ट्रिय,क्षेत्रीय र विश्व स्तरीय प्रतियोगिताहरु नियमित हुँदै आएका छन्।गृस्मकालिन ओलम्पिक खेलमा समावेश भलिबल खेलले आधुनिक खेलजगतलाई उपलब्धीमुलक बनाएको छ। भलिबल खेलको प्रादुर्भाव भलिबल खेल सन १८९५ फेब्रुअरी ९ मा संयुक्त राज्य अमेरिका स्थीत होलीक,म्यासाचुसेट्समा पहिलो पटक आयोजना भएको थियो।

विलियम जी मोर्गन भलिबल खेलको आविष्कारकको रूपमा इतिहासमा आएका छन। जसलाई उनले शुरुआतमा "मिन्टनेट" भन्ने नाम दिएका थिए। यस खेलका संस्थापक मोर्गन अमेरिकाको न्युयोर्क स्थित व्यायामशाला वाईएमसीए संस्थामा शारीरिक शिक्षा निर्देशकको रूपमा कार्यरत रहदा बास्केटबल, ह्यान्डबल टेनिस,ब्याडमिन्टनबाट निकै प्रभावित थिए। वाईएमसीएमा रहदा सबैका लागि उपयुक्त नयाँ खेल सिर्जना गर्ने होडका बीच मोर्गनले भलिबल खेलको रचना गरेका थिए। विशेषत:आ-आफ्नो समुहमा रहेर कसरी खेल कौशलता प्रस्तुत गर्ने,खेल प्रदर्शनलाई कसरी रोमाञ्चक बनाउने भन्नेमा मोर्गनले छलफल गरेर खेलको ढाचा तयार पारेका थिए।बास्केटबल खेलका संस्थापक जेम्स नामिस्टसँग सैद्धान्तिक बहस गरिसकेपछी मोर्गनले भलिबल खेलको प्राविधिक पक्षको मौलिकपन तयार गरेका हुन। भलिबललाई शुरुवाती दिनहरुमा मिन्टनेट भनेर चिनिथ्यो।ब्याडमिन्टन खेल बराबर क्षेत्रफल र एकपक्षीय टिम जस्ता समानता देखिएकाले नामको बिषयमा मोर्गानले छलफल शुभारम्भ गरेका थिए।यद्यपि,अल्फ्रेड हल्स्टेडले पछि यसलाई सैद्धान्तिक र प्राविधिक गुणसँग निहित हुनका साथै उच्चारणमा समेत सहजता देखिएकाले स्थापनाको एक बर्ष नपुग्दै "मिन्टनेट"को नाम परिवर्तन गरेर "भलीबल" घोषणा गरे। भलिबल खेलमा एक उच्च जालबाट अर्को पक्षको जमिन अवतरण गराउनु मोर्गनको खेल प्रेरित उदेश्य थियो ।भलिबल खेलमा प्रदर्शनमा रौंनकता र रोचकताको आकर्षणले उत्साह पुर्ण स्विकार गरेका छन। शुरुवातमा कमजोर युवा पुरुषहरू,गैर-एथलेटिक वयस्कहरू,बुढा वयस्कहरू र महिलाहरुको सहभागीतामा खेल सुचारु गरेको थियो।तर उनीहरु मात्रको सहभागीताले भलिबल खेलमा उत्साह महशुस नहुने बोध गरेकाले संस्थापक मोर्गनले खेलको बारेमा ब्यापक रूपमा अनुसन्धान जारी राखे र उमेर वा शारीरिक क्षमताले फरक नपार्ने गरि व्यवहारिक -प्राविधिक स्तरिय खेल निर्माणको आधारशिला तयार पारे । विविधतायुक्त भलिबल खेल।

क) भलिबल खेल(Regular Vollyball)

ख)बिच भलिबल खेल(Beach Vollyball)

ग)पार्क भलिबल खेल(Park Vollyball)

घ) हिउ भलिबल खेल(Snow Vollyball)

भलिबल खेलमा मनोरञ्जनात्मक साथै बाताबर्णिय अनुकूलनमा खेलाडीको संख्यात्मक आधारमा कौशलता र क्षमतालाई मध्यनजर राख्दै भलिबल खेलको विकास भएको देखिन्छ।ऎतिहासिक,सास्कृतिक र वातावरणीय पक्ष सग भलिबल खेललाई रोमान्चक र आकर्षण बढाउन भलिबल खेलको नवीनतम बिकास भएका छन।

 

 

 

फेसियल हाउसको १३ औं वार्षिक उत्सव सम्पन्न

जीवनशैली


काठमाडौं, १० पौष – नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार राजधानी स्थित जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थिए । सोही अवसर माझ वरिस्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गरिन ।

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन । अध्यक्ष श्रेष्ठले फेसियल हाउसले आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढन सकोस भन्दै शुभकामना समेत व्यक्त गरिन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले फेसियल हाउसको सफलताको कामना गर्दै सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताईन । त्यसैगरी नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडकाले कोरोनाका कारण व्युटिसियनहरुले पेशाबाट हात धुनु परेको बताउदै सौन्दर्य पेशामा लाग्नेहरुलाई राज्यले उपेक्षा गरेको उल्लेख गरिन ।

कार्यक्रम माझ समाजसेवी अन्जु शाह सिंहले फेसियल हाउसलाई वार्षिक उत्सबको शुभकामना व्यक्त गर्दै नारीहरुलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउदै आएको धारणा राखिन । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाकी प्रबन्ध निर्देशक सुस्मा महराले कोभिड पस्चात महिला दिदी बहिनीलाई व्यवसाय संचालन गर्न असहज भैरहेको उल्लेख गर्दै राज्यले सेवा सुविधा दिनु पर्ने माग राखि. । कार्यक्रम माझ फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

'टिकटक’ ले उदांगिँदै गोपनीयता

जीवनशैली


काठमाडौं - मंसिर ३०

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।  

एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

निर्वाचन पछिको हाम्रो भावी कार्यदिशा : सुबोध कुमार गुप्ता

जीवनशैली


निर्वाचन पछिको हाम्रो भावी कार्यदिशा : सुबोध कुमार गुप्ता सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्ने वचनबद्धता जनाउन चाहन्छु । निर्वाचन पछि हामी नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ। हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुन पुग्यो । महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको थियो ।सोही प्रावधान अनुरुप हामीले महासंघको अध्यक्षमा श्रद्धये शेखर गोल्छालाई पाएका छौ । यस निर्वाचनबाट वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल विजयी हुनु भएको छ । त्यसैले गोल्छा पछि महासंघको नेतृत्वको कमान ढकालले गर्नुहुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी ढकालको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका थियौ । चन्द्र ढकालजीको नेतृत्वमा हामीले आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका थियौ । वस्तुगत तर्फबाट म स्वयम् पनि निर्वाचित भएको छु । हाम्रो समुहबाट अन्य साथीहरु समेत निर्वाचित भएर आउनु भएको छ । त्यसैले म लगायतका हाम्रो समुहबाट महासंघमा प्रतिनिधीत्व गरेर जाने सबैले हाम्रा चुनावी एजेण्डा मुताबिक महासंघको सुदृढिकरण र निजी क्षेत्र राज्य साझेदारीको कार्य योजनालाई कार्यान्वयन गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा म अडिग छु । हामीले हाम्रा साथीहरुसँग गरेको प्रतिबद्धतालाई अक्षरश पालना गर्दै अगाडी बढनुको विकल्प हामीसँग छैन भन्ने पनि लाग्छ । त्यसैले हामीले निर्वाचन लडदै गर्दा गरेका वाचा पुरा गर्न दृढतापुर्वक लाग्नुपर्छ नै । हामीले हाम्रो प्रतिबद्धता बिर्सनु भनेको विश्वास गुमाउनु हुनेछ । त्यसैले हामी माथिको विश्वासलाई कायम राख्दै अघि बढन पनि हामीले निर्वाचनमा होमिदै गर्दा अघि सारेका एजेण्डालाई पुरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । हामीले हाम्रो एजेण्डालाई भुल्यौ भने हामी असफल त हुनेछौ नै साथै साथीहरु प्रति धोकाधडी गरेको ठहरिने छ । अर्को तर्फ किशोर प्रधान समुहबाट सबल र सुदृढ महासंघको नारा अघि सारिएको थियो । उहाँहरुले बोक्नु भएको नारा र हामीले अघि सारेका नारा वा एजेण्डामा समानता छ । समानता यस मानेमा कि दुवै पक्षबाट महासंघ साथै समग्र निजी क्षेत्रलाई मजबुत बनाउने भन्ने नारा लिएर दुई खेमा चुनावी मैदानमा उत्रिएका थियौ ।लोकतान्त्रिक पद्धतीलाई अपनाउदै निर्वाचनमा होमिदै गर्दा फरक धारमा बसेता पनि हाम्रो एजेण्डामा समानता नै थियो । साथै हामी बीच चुनाव सकिए लगत्तै पक्ष विपक्षको राप र ताप पनि सकिएको छ । हामी एकजुट छौ । हाम्रा समस्या साझा छन्, हाम्रो उदेश्य र लक्ष्य एउटै छ । त्यो भनेको निजी क्षेत्रको विकास र उन्नयन हो । चुनाव पछि बेजोडको मेल रहदै आएको गर्विलो ईतिहास हामीसँग छ । यस कोणबाट पनि हामीले चुनावलाई एउटा प्रकृयाको रुपमा लिदै आएका छौ भन्ने स्पस्ट हुन्छ । त्यो अभ्यासले यस पाली पनि निरन्तरता पाउनेमा कुनै शंका छैन । म बाट हामी बनि सकेका छौ, हामी सबै उम्मेदवारहरु । निर्वाचन प्रकृयामा फरक फरक समुहबाट प्रतिस्पर्धामा उत्रिएता पनि महासंघ कार्य समितीमा आईसके पस्चात हामी सबै एकजुट भैसकेका छौ । हामीले महासंघलाई सवल र सुदृढ बनाउन राज्यसँग सहकार्य गर्नुको विकल्प छैन । यसका लागि निर्वाचनबाट चुनिएर आउनेले पहल लिनु त पर्छ नै तर पनि ज्ञान, शिप, अनुभव, सम्बन्ध आदीले पनि अर्थ राख्ने हुँदा निर्वाचनमा विविध कारण बश भाग नलिनु हुने र भाग लिनु हुने सम्पुर्ण साथीहरुको भूमिका महत्वपूर्ण रहने नै छ । त्यसैले आ आफ्नो स्थानबाट निजी क्षेत्रको साझा धारणा राख्दै हामीले भोग्दै आएका प्रमुख समस्याको समाधानमा हामी जुटनु पर्छ । कोभिड १९ का कारण जुन खालको बिषमता निजी क्षेत्रले भोग्नु परेको त्यसबाट पार पाउन राज्यबाट ठोस कार्यक्रम आउन जरुरी देखिन्छ । कोभिडले चुनौती मात्र ल्याएको छैन कि अवसर पनिसंगै लिएर आएको छ । त्यसको पहिचान गरि अबिलम्ब राज्य स्तरबाट केही नितीगत र कार्यक्रमगत सुधारका प्रयास गर्न जरुरी देखिन्छ । यसका लागि अहिलेको हाम्रो नेतृत्व काबिल छ भन्ने मेरो ठम्याई छ । हामीसँग शेखर गोल्छा, चन्द्र ढकाल जस्ता सक्षम नेतृत्व हुनुहुन्छ । रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठले म्याण्डेट लिएर विभिन्न संघको नेतृत्व गर्दै हुनुहुन्छ । त्यो स्थानमा जो आएता पनि निजी क्षेत्रको लागि केही गर्छु भनेर आउने हुँदा हाम्रा साझा एजेण्डाले प्राथमिकता पाउने नै छ । मेरो तर्फबाट मैले प्रतिबद्धता जनाए अनुरुप काम गर्न कटिबद्ध छु । मेरो ध्यान महासंघलाई थप मजबुत बनाउने र कृषि क्रान्ति हुँदै औद्योगिक क्रान्तिमा देशलाई लैजाने गरि काम गर्ने छ । मेरो भिजन अनुसार म मेरो नेतृत्वलाई कन्भिन्स गर्ने र उहाँहरुको योजना अनुरुप निजी क्षेत्रलाई त्राण दिने रहन्छ । हामी आँफै बीच विचार मन्थन नगरि सिमित घेराबाट राज्य माझ कुरा राख्दा चुक्न सक्ने हुँदा महासंघ कार्यसमिती भित्र र बाहिर रहनु हुने तमाम अग्रज र साथीहरुसँग राय परामर्श लिनुमा नै श्रेयकर हुनेछ भने कार्य समितीमा रहेकाले सहि निर्णय लिदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नु पर्दछ । (लेखक नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यकारीणी सदस्य र चामल दाल तेल उद्योग संघका अध्यक्ष हुन )

जाडो मौसममा गर्नै नहुने ५ गल्ती

जीवनशैली


काठमाडौँ — मंसिर १०, २०७७। एजेन्सी

देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा गरिने हेलचेक््रयाइँले शरीरमा गम्भीर असर समेत पार्न सक्छ ।

जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । 

धेरै खाना 
जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ । 

कम पानी
जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदिन्छन् । गर्मीको मौसममा पसिना धेरै आउने भएकाले पानी धेरै पिउने र जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ । त्यसैले ६ देखि ८ गिलास पानी एक दिनमा पिउने गर्नुपर्छ । 

तातोपानीले नुहाउँने
जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ । गर्मी पानीले नुहाउँदा छाला सुख्खा र रुखो हुने र कहिलेकाँही तातोपानीले नुहाउँदा स्किन सेल्स ड्यामेज हुन्छ । 

धेरै क्रिमको प्रयोग
छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ । त्यसैले आफ्नो छालाका लागि उपयुक्त पुर्याउँने क्रिमको प्रयोग गर्नुपर्छ । 

धेरै तातो कपडा 
चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ । जाडो मौसममा धेरै कपडा लगाउँदा शरीरमा चिसो प्रतिरोधक क्षमता कम हुँदै जान्छ । र जाडो लाग्ने सम्भावना झनै बढी हुन्छ । 

(रातोपाटी)

पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा

जीवनशैली


काठमाडौँ — मंसिर १०, २०७७। एजेन्सी

महिलाको अण्डा पार्टनरबाहेक अन्य पुरुषको वीर्यसँग पनि आकर्षित हुने र यसले थप राम्रो परिणाम दिने एक नयाँ अध्ययनले खुलासा गरेको छ । आइभीएफमार्फत् सन्तानको चाहना राख्ने १६ जोडीमाथि गरिएको अध्ययनले यस्तो बताएको हो ।

मंगलबार रोयल सोसाइटीको जर्नलमा प्रकाशित यो अनुसन्धानमा बेलायतको सेन्ट मेरिज अस्पतालमा प्रजनन सम्बन्धि उपचार गराइरहेका १६ जोडीको बढी भएका फोलिकुलर फ्लुड र वीर्यको स्याम्पलमाथि अनुसन्धान गरिएको थियो ।  सेन्ट मेरिज अस्पतालको यो अनुसन्धानका वरिष्ठ लेखक तथा म्यानचेस्टर युनिभर्सिटी एनएचएस फाउन्डेशन ट्रस्टका प्राध्यापक डेनियल ब्रिसनका अनुसार महिलाको अण्डा उनको पार्टनरसँग मात्रै आकर्षित हुने अनुमान गरिन्छ ती अन्य पुरुषको वीर्यतर्फ पनि आकर्षित हुने तथ्य फेला परेको छ ।  

अण्डा र वीर्यको अनुकूलताले आइभीएफमार्फत् बच्चा जन्मने प्रक्रियालाई प्रभावित गर्छ ।

महिलाको अण्डाले केमोट्र्याक्ट्यान्ट्स नामको रसायन श्राव गर्छ जसले वीर्यका लागि सिग्नलको काम गर्दै गर्भ बस्नलाई प्रोत्साहित गर्छ । तर केही महिलामा यहि रसायन पार्टनरको तुलनामा अन्य पुरुषको आकिर्षत भएर राम्रो नतिजा दिने गर्छन् ।

स्विडेनको स्टकहोम युनिभर्सिटीका सह–प्राध्यापक जोन फित्ज्प्याट्रिकका अनुसार महिलाको शरीर आफैंले त्यस्तो वीर्य छान्ने गर्छ जुन सन्तान उत्पादनका लागि अनुकूल हुन्छ, जुन राम्रो गुणस्तरको र भाग्यमानी हुन्छ ।

उनका अनुसार यौनसम्बन्ध स्थापित गरेपछि फ्यालोपियन ट्युबमा मात्र २५० वीर्य प्रवेश गर्छन् । यीमध्ये २५ वटा यस्ता वीर्य हुन्छन् जुन  अण्डासँग मिल्ने गर्छ

यो अनुसन्धानले सन्तान उत्पादन गर्न समस्या भइरहेकाहरुलाई निकै हदसम्म सहयोग गर्ने अनुमान गरिएको छ ।

अनुसन्धानका लागि ६० महिलाको ‘एग फ्लुड’ लिइयो । साथै उनका पार्टनरको स्याम्पल पनि लिइयो । वीर्य ‘एग फ्लुड’ सम्म पुग्नका लागि एक मिनेटभन्दा कम समय लाग्यो ।

साथै विशेषज्ञले एक जोडीको वीर्य र अण्डालाई अर्को जोडीसँग सम्मिलित गरे । यसमार्फत् महिलाको अण्डा अन्य पुरुषको वीर्यतर्फ बढी आकर्षित भएको पत्ता लाग्यो ।

स्रोतः सीएनएन