निर्मलालाई न्याय कहिले? भन्दै नेबिसंघले गर्यो माईतिघरमा बिरोध प्रदर्शन

0
48
nirmala panta rally on maitighar

काठमाडौँ – साउन १० ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक बर्षको स्मृतीमा नेपाल बिद्यार्थी संघ र सङ्गठित प्रशिक्षित नेपाल बिद्यार्थी संघका अभियान्ताद्वारा “निर्मलालाई न्याय कहिले सरकार ?” भन्ने दबाबमुलक कार्यक्रम माइतीघरमा गरेका छन ।

नेपाल बिद्यार्थी संघद्वारा आयोजित बिरोध कार्यक्रममा बिद्यार्थी ,अधिकारकर्मी संगै सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित विद्यार्थी तथा सर्बसाधारणले निर्मालको फोटो र ब्यानरमा मैले न्याय कहिले पाउने, निर्मला लाई कहिले न्याय दिने भन्ने शब्द लेखिएका प्ले कार्ड लिएर उभिएका थिए ।

नेबि संघका निबर्तमान उपाध्यक्ष निलकण्ठ रिजालको नेतृत्वमा भएको उक्त कार्यक्रममा निबर्तमान उपाध्यक्ष सागर परियारले अपराध र बिध्वंसको मानसिकताबाट अहिलेको गृहमन्त्री बाहिर निस्कन नसकेको भन्दै पछिल्लो समय आएको गृहमन्त्रीको भनाई प्रति खेद प्रकट गरे । कार्यक्रममा बिद्यार्थी नेता, विभिन्न क्याम्पसका बिद्यार्थी अधिकारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको बिद्यार्थी नेता राजेश्वर कमलिले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here