सरकार र पार्टी संचालनबीच समन्वय अति आवश्यक रहेकोः नेकपा अध्यक्ष दाहाल

0
44
pushpa kamal dahal

काठमाडौं, पुस- ११ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्नेमा बताएका छन ।

पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन ।

दाहालले समन्वय गरेर अगाडि बढे मात्र पार्टी र सरकार सफल हुने धारणा व्यक्त गरेका छन ।

दुई अध्यक्षले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे सदस्यले दिएको सुझाव समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने भनाई उनले राखे ।

दाहालले सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाएर समस्या सामधान गर्नुपर्ने भन्दै बैठकबाटै सबै बिवादको टुंगो लगाएर स्थायी समितिबाटै कार्यदल बनाउन प्रस्ताव गरे ।

अध्यक्ष दाहालले सरकारको रक्षा गर्दै, सरकारले गरेका राम्रा कामको प्रचारमा ध्यान दिन पनि सदस्यहरुलाई आग्रह गरे ।

नेकपा स्थायी कमिटीको भोलिको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here