गुठी र मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याउँदा तयारी पुगेन — प्रचण्ड

0
45
pkdahal

चितवन — जेष्ठ २९ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताएका छन् ।

बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले भने ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने छ । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्छ ।’

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित सासंद पनि रहेका नेता दाहालले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको पनि स्वीकार गरे । विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा दहालको जवाफ थियो ‘जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं ।’

(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here