सर्लाहीका दुई गोलीकाण्डमा संसदीय छानविन समिति नबने संसद चल्न नदिने

0
38
samsad bhawan

काठमाडौँ — श्रावण १२ ।

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानबिन गर्न संसदीय समिति नबनाए सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाही घटना गैर न्यायिक भएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिएको बताए ।

माग सुनवाई नभए सोमबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरिएको यादवले स्पष्ट पारे । नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको घटनामा संसदीय छानविन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राजपाले यसअघि नै बैठक अवरुद्ध पार्दै आएका थिए । यादवले गैर न्यायिक ढंगले प्रहरीबाट मारिएका दुवै प्रकरणको छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान दोहोर्‍याए ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here