सत्यमोहन जोशीको जन्म दिनमा ललितपुर महानगरले सार्वजनिक बिदा दिने

0
53
सत्यमोहन जोशी

काठमाडौँ — बैशाख १७ ।

ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ।

सोमबार महानगरले गरेको एक कार्यक्रममा दोस्रो नगरसभाको निर्णय अनुसार २०७६ साल वैशाख ३० गतेबाट कार्यक्रम सुरू गरी एक वर्षसम्म अर्थात् २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइने पनि जानकारी दिइएको छ।

‘सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण नीधि हुनुहुन्छ। उहाँको अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको छ। नेपालको कला, संस्कृति र साहित्यमार्फत् नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन उहाँले पुर्‍याउनु भएकोे योगदान अतुलनीय छ,’ मेयर चिरिबाबु महर्जनले भने।

सामान्य परिवारमा जन्मिएको व्यक्तिले आफ्नै बलबुतामा मुलुकको गरिमालाई उच्च बनाउन निर्वाह गरेको अमूल्य योगदानको सम्मान स्वरूप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरेको महानगरले जनाएको छ।

महोत्सवको पहिलो दिन जोशीलाई मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजासहित नगरपरिक्रमा गराई महानगरपालिका प्राङ्गण पुल्चोकमा विशेष कार्यक्रम आयोजना गर्नेछ।

यसैगरी, विद्यालयको पाठ्य पुस्तकमा उनको जीवनी समावेश गर्न पहल गर्नेछ, सगरमाथामा ललितपुर महानगरपालिका र वाङ्मय शताब्दी पुरुष जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने, नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने, नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको तस्वीर अंकित चाँदीको मुद्रा निष्काशन गर्ने, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई गोसाईकुण्ड (सिलु) दर्शन गराउने, वाङ्मय शताब्दी पुरुष जोशीको प्रतिमासहित उनको नाममा ललितपुर महानगरपालिका क्षेत्रभित्र पार्क निर्माण गरी उपयुक्त सडकलाई उनको नामबाट नामाकरण गर्ने लगायत २० वटा कार्यक्रम रहेका छन्।

उनी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछन्।

(सेतोपाटी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here