नेपाल मगर संघको अध्यक्षमा मनिराज थापा सर्वसहमतीले चयन

0
68
nepal magar sangh

काठमाडौँ — बैशाख २५ ।

नेपाल मगर संघको १५ औं जिल्ला अधिवेशनले जिल्ला अध्यक्ष पदमा मनिराज थापालाई सर्वसहमतीले चयन गरेको छ ।

नेपाल मगर संघका निवर्तमान जिल्ला अध्यक्ष सिद्धान्त थापा (गर्जा) मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नवीन रोका मगर,विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा ,विशेष अतिथि प्रहरी प्रमुख विनोद सिलवाल,निर्वाचन सम्योजक यज्ञा राना ,नेपाल तरुणदलका जिल्ला अध्यक्ष वीर बहादुर थापा ,नेकपा का जिल्ला सचिव राजेन्द्र केशरी न्यौपाने, नेका कार्यवाहक सभापति जितप्रकाश आले,प्रदेश सभासद दोवाटे विक, सरिता गुरुङले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रहरी प्रमुखलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघको उपाध्यक्षमा खड्गसिह थापा र महिला उपाध्यक्षमा मिना थापा,सचिवमा नन्दु थापा,सहसचिवमा फलवहादुर थापा,सदस्यहरुमा यामवहादुर आले,कुमार थापा नरसिंह थापा,अनुराग थापा,सर्जन थापा,कमल थापा,नरमाया आले,करुणा थापा,विष्णु माया थापा,लक्ष्मी थापा र मेनुका थापा सर्वसहमत निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनोनयन गर्न वाँकीरहेको संघका नव निर्वाचित अध्यक्ष मनिराज थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here