हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले छोटो समयमा हिमाल आरोहण बनाए नयाँ कीर्तिमान

0
28
dorchi sherpa fastest mount everest climber

काठमाडौं— २१, ज्येष्ठ ।

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले छोटो समयमा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।

कीर्तिमानी आरोही शेर्पाबारे जानकारी दिन आज पायोनिर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको छोटो समयमा हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।

उनले ६ घण्टा १ मिनेटमा दुईवटा हिमालको आरोहण र पाँचौ अग्लो हिमाल मकालुसहित तीनवटा हिमालको ५४ घण्टा २५ मिनटमा आरोहण गरेर कीर्तिमान कायम गरे ।

संखुवासभा मकालुका शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरी सकेका छन् ।

ल्होत्से, मनास्लु, आमादब्लम, मकालु, केटु र धवलागिरीसमेत गरी उनले २० पटक हिमालको सफल आरोहण गरेका छन् ।

३२ वर्षिय शेर्पाले सात महादेशका ८ हजार भन्दामाथिका सबै हिमाल आरोहण गर्ने जनाएका छन् ।

हिमाल आरोहण मार्फत नेपाललाई विश्वसामु चिनाउने उनले बताए ।

पछिल्लो समयमा हिमालमा फोहोर मैला बढ्दै गएको भन्दै हिमाल बचाउने अभियानमा सकृय हुने उनको भनाइ छ ।

ट्रेकिङ गाईड मार्फत हिमाल आरोहणमा प्रवेश गरेका शेर्पाले चाँडै अरु हिमाल आरोहण गरेर थप कीर्तिमान कायम गर्ने बताएका छन् ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here