त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार केजी सुनसहित एक चिनियाँ पक्राउ

0
23
gold smuggling

काठमाडौं — श्रावण २०।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका छन् ।

आइतबार राति हङकङबाट १०:५० बजे काठमाडौं ओर्लिएका लीको साथमा रहेको ब्याग भित्र कपडाको बेल्टमा एक केजी तौलका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार परिक्षणमा उक्त सुन सक्कली नै रहेको पुष्टि भएपछि चिनियाँ नागरिकलाई थप अनुशन्धानका लागिप्रहरी हिरासतमा पठाइएको छ ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here