पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन धेरै प्रभावित

0
54

वीरगञ्ज, पुस ४ ।

तराईका जिल्लाहरुमा शीतलहर चल्ने क्रम सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण त्यहा्को जनजीवन प्रभावित हुन थालेको छ ।

पर्साको वीरगञ्जमा जाडो बढेसंगै तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियससम्म पुगेको छ । शीतलहर, हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् जसको कारण जनजीवनमा निकै कष्ट भएको देखिन्छ । बजार क्षेत्र लगभग सुनसानजस्तै देखिएका छन भने चिसो छल्न चोकचोकमा आगो बालेर ताप्दै गरेका सर्वसाधारण देख्न पाईन्छ ।

पुस लागेसंगै एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या समेत निकै नै बढेको देखिन्छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक धेरै नै प्रभावित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here