News Desk
काठमाडौं — भाद्र २, २०७७।
‘जोन्ता इन्टरनेसनल यङ वुमन इन पब्लिक अफेयर्स अवार्ड–२०२०’ बाट दीपिसा भुजेल सम्मानित भएकी छन् ।
भुजेललाई जोन्ता क्लब अफ काठमाडौं डिस्ट्रिक्ट–२५ एरिया २ ले छनोट गरेर पुरस्कारका लागि जोन्ता इन्टरनेसनल डिस्ट्रिक्टमा पठाइएको थियो । उनी जोन्ता डिस्ट्रिक्टका ३२ जना पुरस्कार प्राप्त गर्नेमध्ये एक हुन् ।
३२ जनामध्ये उनी शीर्ष १० मा पर्दै पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । उनले शीर्ष ३२ बाट १५ सय र शीर्ष १० बाट ५ हजार गरी ६५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछिन् ।