चलचित्र लाइफ इन एल ए बैशाखमा रिलिज हुने
News Desk
Feb-21 , 2022 तारिख 09:38 बिहान

 काठमाडौं । अमेरीका र नेपालको पोखरा, भिमाद लगाएतको ठाँउमा छायाँकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको सिनेमा नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपालमा रिलिज गर्ने लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्म १८ वर्ष देखि लस एन्जेलसमा बसोबास गरिरहेका तनहुँ भिमाद निवासी ब्यास बिशुले निर्माण गरेका हुन् । उनी पेशाले इन्जिनियर भएता पनि उनले लामो समय देखि अमेरिकाका नेपाली समुदायलाई खेलकुद सहित विभिन्न मनोरंजन कार्यक्रमहरु पस्कदै आएका थिए । फिल्म निर्माणमा नयाँ भएता पनि उनले अमेरिकामा नेपाली फिल्महरु प्रदर्शन गर्ने, कलाकर्मी तथा खेलाडीहरुलाई अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउने काम धेरै अघि देखि गर्दै आएका छन् ।

अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ । चलचित्रमा ब्यास बिस्सु, अकेशा बिस्ट,शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल संचारकर्मी विष्णु गौतम लगायतको पनि अभिनय छ । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन ९अमेरिका ०र बाबु श्रेष्ठ ९नेपाल० को छायांकन , एलिस कार्की र प्रतिक पौडेलको संगीत र गायनतर्फ प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ ।

धेरै पढिएको