News Desk
काठमाण्डौं -अहिले नेपाली चलचित्रका कलाकारहरु भोजपुरी चलचित्रमा देखन थालेका छन् । नेपाली चलचित्रसगै भोजपुरी फिलिममा पनिसगै देखिने कलाकारमा पर्ने गर्छन् नायक नरेन खड्का। आज सार्वजनिक भएको भोजपुरी फिलिम रण मा नायक नरेन खलपात्रको रुप भिन गेट अपमा देखीएका छन् । नरेनको यो पहिलो भोजपुरी चलचित्र हो । हुन त उन्ले एक दर्जन जति भोजपुरी फिलिममा अभिनय गरि सके ता पनि प्रदशन मा आउन लागेको यो पहिलो चलचित्र हो नेपाली चलचित्रहरु पर्देशी , हमेशा , स्वर्ग मेरो गाउँ , मन्दिरा , हमेशा , ठमेल डट कम , बुलाकी ल्गायत धेरै चलचित्रमा अभिनय गरि विभिन्न अवार्ड हरु पनि हात पारी सकेका छन । उनको आज अभिनय रहेको भोजपुरी चलचित्र रणको प्रोमो हेर्दा भोजपुरी चलचित्रमा चल्न सक्ने सम्भावना देखाएका छन ।
भोजपुरी चलचित्र नेपाली कलाकार धेरैले अभिनय गरि भोजपुरी दर्शकको बिच लोकप्रिय समेत रहेका छन् जस्मा निखिल उप्रेती, बिराज भट्ट शिल्पा पोखरेल रहेका छन् । हालसम्म बिराज भट्ट नेपाली सिनेमा भन्दा भोजपुरीमा ब्यस्त रहेका छन् । रण चलचित्रमा नरेनका अलवा आन्न्द ओझा , काजल रागवनी , सिपि भट्ट ल्गायत कलाकारको अभिनय रहेको चलचित्रको निर्मातामा अरुण कुमार मिश्र रहेका छन् भने चलचित्रलाई निर्देशन चन्द्र पन्तले गरेका छन्