News Desk
काठमाडौँ — वैशाख ११, २०७९
काठमाडौँ , ग्रेस एभेन्ट्सले एसईई परिक्षा दिएका किशोरकिशोरी लक्षित “मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल” सौन्दर्य प्रतियोगिता नेपालका बिभिन्न आठ सहरहरुमा आयोजना गर्ने भएको छ। पछिल्लो समय रााष्ट्रियस्तरका विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस एभेन्ट्सले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, धरान, चितवन, झापा, हेटौडा र बिराटनगरमा एकैसाथ “मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल” आयोजना गर्ने भएको छ।
ग्रेस ईभेन्टले काठमाडौंको धुम्वाराहीस्थित सैपाल कलेजमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुनको लागि २०७८ को एसईई दिएर बसेका किशोरकिशोरीहरुले नेपालका बिभिन्न आठ सहरहरुमा अडिसन फारम भरी छनौट प्रकृयामा समावेश हुन पाउनेछन। सहभागिताको निमित्त ईच्छुक प्रतियोगीले अनलाईनमार्फत सजिलैसंग फारम भर्नसक्ने आयोजक संस्थाका सिईओ सुरज थापाले जनाए।
एसईई दिएर बसेका किशोरकिशोरी लक्षित गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गर्न खोजिरहेकाहरुलाई विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको साथै शिक्षा सबैको लागि भन्दै सम्पूर्ण प्रतियोगीहरुलाई सैपाल एकेडेमीमा शैक्षिक छात्रवृत्ति प्रदान गरिने ग्रेस ईभेन्टसका सल्लाहकार तथा सैपाल एकेडेमीका मेनेजिङ डिरेक्टर सुमन नगरकोटीले बताए।
उक्त कार्यक्रममा सहभागीताको लागि ग्लोबल अनलाईन पे मार्फत निःशुल्क अनलाईन फारम रजिस्ट्रेसन गर्न सकिने छ । प्रतियोगिताका विजेतालाई “मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल” कोे शिर्ष ताज उपाधि सहित मुस्ताङ भ्रमण, नगद पुरस्कार, र्याफ्टीङ, फेमिली क्याम्पफायर साथै अन्य आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था गेस ईभेन्ट्सका महासचिव पवन कोईरालाले जनाए।