रमेश पौडेलको शब्द र मोनिका ल्होरुङकोको स्वरमा ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक
News Desk
Aug-25 , 2020 तारिख 04:24 बेलुका

सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ ।

रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ।

भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।