भिषण राईको भेट्नलाई आए सार्वजनिक
News Desk
Aug-06 , 2022 तारिख 10:33 बिहान

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीत तथा म्युजिक भिडियोहरु आइरहेका छन यसैक्रममा छोटो समयमा निकै चर्चामा रहेकी गायिका मेलीना राई तथा गायक भिषण राईको स्वरमा रहेको भेटनलाई आए बोलको गीत सार्वजनिक भएको छ । पुर्वीली म्युजिक भिडियो तथा रोशनी चलचित्र प्रोडक्शन प्रा.लिको आयोजनामा आज शुक्रबार धरान १० स्थित होटल रत्न ईनमा एक कार्यक्रमका बीच सो म्युजीक भिडियोको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले प्रोजेक्टर अन गरी सार्वजनिक गर्नुभएको थियो। गितमा केटाकेटीको माया प्रेमको कथा प्रस्तुत गरिएको छ ।

”भेटनलाई आए ” बोलको गीतमा शब्द रचना गायक स्वयं भिषण राईको रहेको छ । भिडियोमा किशोर तुम्वाहाम्फे,निरन्जली लामा,आरबी थाङदेन,सोनु थाक्लेङको अभिनय छ । उक्त भिडियोको निर्देशन दिनेश माङमु ष्म्बिुले गरेका हुन्। भिडियोको छायाङकन युवराज राई (बीरबहादुर) तथा सम्पादन तारा किम्भेले गरेका छन । भिडियो ओसीआर डिजिटरको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

धेरै पढिएको