News Desk
काठमाण्डौं।। मोडल दीपक घिमिरे र मिनाक्षी महतारा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। संगीतकार सरोज पोखरेलको अन्जानैमा तिम्रो माया बढ्दै बढ्दै गयो बोलको गीतमा घिमिरे र महतरा अनस्क्रिन रोमान्समा देखिएका हुन्।
ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायक प्रतापदासले स्वर दिएका छन्। सत्यराज चौलागाईले रचना गरेको गीतको भिडियोे छायाँकंन रुपेश थापाले गरेका हुन्।
बुधवार सार्वजनिक गरिएको म्यूजिक भिडियोको सम्पादन र निर्देशन नितिन चन्दले गरेका छन।
हेर्नुस भिडियो