धिरेन शाक्य अभिनित, गीतकार मुकुन्द पौडेलको छैन केही डर आज सार्वजनिक हुने
News Desk
Jan-23 तारिख 12:21 बेलुका

काठमाडौं । गीतकार मुकुन्द पौडेलको छैन केही डर गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । उक्त गीत आज मण्डला थियटर प्रांगणबाट सार्वजनिक हुन लागेको हो ।गौरव गिरी निर्देशित म्युजिक भिडियोमा चर्चित नायक धिरेन शाक्यसहित अनिता केसी, नुशा खातुन, भद्र जङ कुँवर, राम लक्ष्मण बिष्ट, दुर्गा चन्द ठकुरी र बालकलाकारद्व्य उमङ हुमागाई र उत्कर्ष हुमागाई अभिनय रहेको छ । बिषम आचार्यको स्वर रहेको उक्त भिडियोको प्रस्तुतकर्तामा आर कुमार रहेका छन् ।

उत्तम हुमागाई छायांकार रहेको उक्त भिडियो भद्र जङ कुँवरले सम्पादन गरेका हुन । जोसेफ शाही ठकुरीको संगित र बिसम आचार्यको एरेन्जमा गीत तयार भएको हो ।

गीतकार मुकुन्द पौडेलको संक्षिप्त परिचय

गीतकार मुकुन्द पौडेल तनहुँको रिस्ती बाहुनपोखरामा २०११ सालमा जन्मनु भएको हो।त्यसपछिका केही वर्ष चितवनमा आफ्नो युवा वयलाई विताएर यौटा झोला बोकेर जागीरको खोजिमा ३८/३९ सालतिर भौंतारिंदै उहाँ काठमाण्डौ आईपुग्नु भएको थियो । लामो समयसम्म अस्पतालको सेवामा आबद्ध रह्दै केही वर्ष अगाडी सेवानिवृत्त भएसँगै उहाँ साहित्यतिर सकृय हुनुहुन्छ। कविता र मुक्तक तिर मात्र नभै पछिल्ला केही वर्ष देखि गीत संगीतमा पनि उत्तिकै सकृय हुनुहुन्छ, उहाँ ।करिव एक दर्जन गीतका रचयिता पौडेलका चार वटा गीत रेकर्ड भैसकेका छन् भने तीन वटा म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ । साथै उहाँ अर्को गीतको पनि भिडियो बनाउने पर्खाईमा हुनुहुन्छ। केही समय पहिले रेकर्ड भएका उहाँका गीत दर्शक र श्रोताले निकै रूचाएका छन् । जसमा चर्चित गायक प्रमोद खरेल, मनोजराज शिवाकोटी, केदार नेपाली र गायिका अस्मिता अधिकारीको स्वर रहेको थियो । पौडेलका तीन वटा कृति प्रकाशित छन् भने अर्को यौटा कृति पनि प्रकाशित हुने पर्खाइमा छ ।

धेरै पढिएको