News Desk
"हाम्रो मैवाखाेला प्यारो मैवाखोला" बोलको लिरिकल गीत सार्वजनिक गायक राजेश पायल राई र गायिका सबिना योङहाङ लिम्बूको स्वर रहेको गितको हाल सालै गायक तथा संगीतकार शम्भु राइको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । संगीतकार भीषण राईको संगीत रहेको गीतमा शब्द राजनीतिककर्मी बुद्धिमान परियारको रहेको छ । सार्वजनिक गीतका निर्माता भने बेलायतका पुर्ब सैनिक एबम समाजसेबी नन्द कुमार फागो चोङबाङ लिम्बूको रहेको छ । सार्वजनिक गीतमा ताप्लेजुङ जिल्लाकाे पश्चिम दिशामा रहेकाे मैवाखाेला गाउँपालिका अति सुन्दर,मनमाेहक साथै रमणीय छ।
प्राकृतिक सम्पदाले भरिपूर्ण यश क्षेत्रमा प्राकृतिक सुन्दरताका साथ साथै ऐतिहासिक धार्मिक शक्ति पीठहरु पनि प्रसस्त रहेका छन्। यसै क्षेत्रकाे मिल्के ढाप( एकै ठाउँ ) मा २८ प्रजातिकाे गुराँस पाईन्छ भने अन्य विभिन्न वनस्पतिहरु पनि पाईने यस गितमा उल्लेख रहेको छ । यश क्षेत्रमा रहेका महत्त्वपूर्ण ठाँउहरुकाे समेटेर गीत त्यार गरिएको छ । गीतको पालिका भित्र भरीका एतिहासिक क्षेत्रको जानकारी गीतको मार्फत निकै सुन्दर तरिकाले गरिएको छ । जस्ले गाउँ पालिका को देशबिदेशमा पहिचान हुने हुदा यस गितका गितकार एब्म निर्माता निकै खुशी भएका छन ।
यस्ता गीतहरु हरेक गाउँपालिकाले निर्माण गर्नु पर्ने देखिन्छ तर पनि मैवाखोला गाउँपालिका का उदाहरणनिय दुई ब्यक्ति एक गितकार एक निर्माता यसरी आफ्नु गाउपालिकाको गीत मार्फत आफ्नो गाउँ लाई चिनाउने कार्यलाई सबैले आत्मसाथ गर्न जरुरी छ । सार्वजनिक लिरिकल गित अब चाडैं म्युजिक भिडियो पनि छायांकन गरि सार्वजनिक गरिने यस गीतका निर्माताले जानकारी गराएका छन् ।