News Desk
काठमाण्डौं । एन प्लस प्रोफेसनल मिस्टर एण्ड मिस टिन सुपर मोडेल २०२३ को उपाधी युविन घिमिरे र त्रिजा महर्जनले जितेका छन् । ब्वाईज क्याटेगोरीमा घिमिरे र गल्र्र्स तर्फ महर्जनले शिर्ष उपाधी हात पार्दा निशान्त केसी र कृतिका गौतम फर्स्ट रनर अप, अर्जून तामाङ र प्राप्ती शाह सेकेण्ड रनर अप बन्न सफल भए भने मिङमा लामा थर्ड रनर अप बने । प्रतियोगिता अन्तर्गत अर्गनाईजर च्वाईसतर्फ रिजन रिजाल र श्रद्धा खड्का, ब्राण्ड एम्बेसडरतर्फ सुजित श्रेष्ठ र आश्मा रिजाल, ब्युटि बिथ ब्रेनतर्फ याचना पराजुली, आरुप डिजाईनर ब्राण्ड एम्बेसडरतर्फ शुभम सहनीले जित निकाले । जसमा अन्तराष्टिय निर्णायकमा हितेस लिम्बानी र निर्णायकमा बिना श्रेष्ठ, रुस्का श्रेष्ठ, आरुप जंग क्षेत्री, श्रृष्टि महर्जन र पद्म शर्माले भूमिका निर्वाह गरेका थिए ।
सुगन्धा अधिकारी र आर्सु महर्जनको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा रोजिन शाक्यले संचालकको भूमिका निर्वाह गरेका थिए । अनिस श्रेष्ठ अफिसियल फोटोग्राफर रहेको यस प्याजेण्टको मेक अप पार्टनरमा करुणाज् व्युटि पार्लर एण्ड ट्र««निङ सेण्टर र डिजाईनर पार्टनरमा आरुप डिजाईनर रहेका थिए ।
प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले २५ हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे । त्यस्तै एआईटिएममा उच्च शिक्षा अध्ययनका लागि शिर्ष उपाधि विजेताहरुले १ लाख, फर्स्ट रनर अपहरुले ७५ हजार र सेकेण्ड रनर अपहरुले ५० हजारको छात्रवृत्ति र सम्पूर्ण सहभागीले ३० प्रतिशतसम्मको छुट प्राप्त गर्ने आयोजक संस्थाका सिईओ रोविन श्रेष्ठले बताए ।
त्यस्तै टिन सुपर मोडलका सेकेण्ड रनर अपसम्मका विजेताले कमलादी स्थित नेवा लहनाबाट लन्च कुपन, करुणाज् व्युटि पार्लर एण्ड ट्र««निङ सेण्टरबाट एक हप्ते बेसिक मेक अप कोर्ष क्लास र विजेताले माईल स्टोन डान्स एकेडेमीमा नृत्य प्रशिक्षण साथै फ्लाई टेक ईन्टरनेशनलमा एअर होस्टेज तालिममा छात्रवृत्ति सुविधा प्राप्त गर्ने उनले स्पष्ट पारे ।
श्रेष्ठका अनुसार विजेताहरुलाई म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।