अनमोल केसी हाजिर जमानीमा रिहा
News Desk
Oct-02 , 2023 तारिख 03:40 बेलुका

काठमाडौँ । शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् ।  केसी बोलाउँदा उपस्थित हुनेगरी रिहा भएका हुन्।

अनमोलविरुद्ध प्रहरीले  आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय प्रहरीले गरेको छ ।

अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भए ।

धेरै पढिएको