साँस्कृतिक परिवेशमा मिसेस् नेपाल कल्चर २०२३
News Desk
Oct-06 , 2023 तारिख 02:53 बेलुका

काठमाण्डौं । नेपाली समाजको गौरवशाली साँस्कृतिक पृष्ठभूमि र त्यसको महत्वलाई सवद्र्धन र प्रवद्र्धन गर्नमा योगदान दिने हेतुले आयोजनाको थालनी गरिएको मिसेस् नेपाल कल्चर  प्रतियोगिताको दोस्रो संस्करण २०२३ मा ३६ जना सहभागिहरु बीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका तीन सय बढी आवेदक मध्येबाट सय भन्दा बढीलाई अडिसन राउन्डमा सहभागि गरिएको र सो पछि छानिएका ४५ जना सहभागिबाट अन्तिम प्रतिस्पर्धाका लागि ३६ जना सहभागिहरु उपाधिको दौडमा सहभागि भएका छन् । 

यही परिप्रेक्ष्यमा सहभागिहरुको स्यास सेरोमोनी र प्रेस प्रेजेन्टेसन कार्यक्रम सम्पन्न भएको छ । कमलपोखरीमा रहेको सिटी सेन्टरमा अवस्थित टिटीएफसी फुड कोर्टमा बुधबार आयोजना गरिएको उक्त स्यास सेरोमोनी र प्रेस प्रेजेन्टेसन कार्यक्रमको आफ्नै विशेषता थियो । विवाह अगाडि र विवाह पछाडि पारिवारिक परिवेश र जिम्मेवारी तथा भूमिका फरक भए पनि व्यक्तिको जीवनमा परिवारको महत्वपूर्ण उपस्थिति रहन्छ । यही यथार्थलाई मनन गर्दै उक्त स्यास सेरोमोनीमा सहभागिको परिवारको एक जना सदस्यकै हातबाट स्यास पहि¥याउने कार्य गरिएको थियो । उक्त कार्यक्रम साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । स्यास सेरोमोनीलाई ग्ल्यामराइज भन्दा पारिवारिक परिवेशको छनक दिंदै पारिवारिक सम्बन्धको गरिमा र साँस्कृतिक परिदृष्यमा यसको महत्वलाई पनि उजागर गर्दै उक्त कार्यक्रमलाई गति दिइएको थियो । स्यास सेरोमोनी पश्चात् प्रत्येक सहभागिले आफ्नो परिचय दिंदै आफूलाई प्रस्तुत गरेका थिए । 

युहान इन्टरनेसनलको ब्यानरमा सानु खान ईभेन्ट व्यवस्थापक रहेको सो कार्यक्रमको फाइनल प्रतिस्पर्धा आउँदो कार्तिक १ गते जमलस्थित साँस्कृतिक संस्थानमा सम्पन्न हुँदैछ । प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्दैछन् । प्रतियोगिताको ब्राण्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणा शाह रहेकी छिन् ।

 

धेरै पढिएको