अस्ट्रेलियामा म्युजिक भिडियो छायाँकन गर्ने तयारीमा गितकार डा प्रसाई
News Desk
Oct-11 , 2023 तारिख 05:46 बेलुका

काठमाण्डौं । अस्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक छायांकन हुने भएको छ। गितकार डा ओम कृष्ण प्रसाईं अस्ट्रेलियामा म्युजिक भिडियो छायाँकन गर्ने तयारीमा जुटेका छन् ।  गीति एल्बममा  प्रवासी मोडललाई लिएर अस्ट्रेलियामा छायांकन गर्न लागेको उनले जानकारी दिएका छन् ।  पछिल्लो समय आधुनिक गीतकारका रुपमा चर्चामा रहेका डा प्रसाईंले स्रोतामाझ लोकप्रिय कलाकार राजेश पायल राई ,समिक्षा अधिकारी र रचना रिमाल लगाएत दर्जनौं गायक गायिकाहरुलाई आफ्नो शब्दमा स्वराङकन गराइसकेका छन् । नाट्य विधामा समेत दख्खल भएका डा प्रसाईं स्वयंले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेका छ्न।

पारिवारिक प्रेम कहानी आधारित म्युजिक भिडियो पितामा जीवन्त अभिनय दिएका डा प्रसाईं नयाँ प्रोजेक्टबाट निकै हौसिएका छ्न। नयाँ सांगितिक तयारीको क्रममा रहेका गितकार डा प्रसाईले नेपालीहरुको महान पर्व दशैलाई लक्षित गरि सिड्नीमा भिडियो छायांकन गर्ने तयारीमा जुटेका छ्न्। उनले प्रेम र रोमान्स मिश्रण रहेको गीतलाई बिदेशी भुमीमा छायांकन गरेर नयाँपनका साथ प्रस्तुत गर्ने बताए।

बेलाबखत पाठक तथा स्रोता माझ रचनात्मक कविता पस्किदै आएका डा प्रसाईं बहुप्रतिभाशालीका रुपमा परिचित छन्। त्यसोत डा प्रसाईं मार्शल आर्ट्स विधाका कुशल खेलाडी एवं दक्ष प्रशिक्षक समेत हुन् । साथै उनले व्यवस्थापक रहेर समेत काम गरेका छन् ।