स्रष्टा बिनोद ढकाल बेस्ट पप मेल सिंगर अवार्डबाट सम्मानित
News Desk
Oct-16 , 2023 तारिख 01:13 बिहान

स्रष्टा बिनोद ढकाल ओएस नेपाल बेस्ट पप मेल सिंगर अवार्डबाट सम्मानित 
काठमाण्डौं , स्रष्टा बिनोद ढकाल चौथो ओएस नेपाल म्युजिक अवार्ड २०२३ मा बेस्ट पप मेल सिंगर अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय नाँचघर जमलमा एक समारोहबीच सम्पन्न ओएस नेपाल म्युजिक अवार्ड माझ उनी सम्मानित भएका हसन् । कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो । 

कार्यक्रममा लोकप्रिय गायक शिव परियारलाई अमर रजत सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा ओएस नेपालकर्मी प्रभा शर्मा, एच बि ताम्राकार, सुमन सापकोटा, हरि अधिकारीलाई संचार सम्मान २०८० बाट सम्मान गरिएको थियो । 

५५ बिद्यामा वितरण गरिएको अवार्ड समारोहमा बेस्ट लोक दोहोरी अवार्ड कल्यान रत्न कार्कीलाई प्रदान गरिएको थियो । त्यस्तै बेस्ट लोकदोहेरी जुरी श्रकृष्ण बम मल्ल, बेस्ट लोकदोहेरी लेरिस्ट जीबन प्यकुरेल, बेस्ट लोकदोहोरी म्युजिक गणेस अधिकारी, बेस्ट लोकदोहोरी एरेन्जर डोलराज बाह्रघरे मगर, बेस्ट लोकदोहोरी भिडियो एडिटर दिपक बिस्ट, लोकदोहोरी भिडियो डाइरेक्टर स्याड बबिता श्रेष्ठ बेस्ट भिडियो लोकदोहोरी डान्स सृजन बराललाई प्रदान गरिएको थियो । सो अवसरमा बेस्ट लोकदोहोरी सिनेमाटोग्राफर दुर्गा पौडेल, बेस्ट लोकदोहोरी मोडल फिमेल डान्स करिश्मा ढकाल, बेस्ट लोकदोहोरी मोडल फिमेल स्याड गिता ढुंगना , बेस्ट लोकदोहोरी मोडल मेल स्याड विजय पुन, बेस्ट लोकदोहोरी मोडल मेल डान्स पल शाह, बेस्ट लोकदोहोरी मोडल मेल न्यु सुलेमान शंकर, बेस्ट लोकदोहोरी मोडल फिमेल न्यु मोडल स्माारिका ढकाल, बेस्ट लोकदोहोरी मेल सिंगर अर्जुन कुबर, बेस्ट लोकदोहोरी मेल सिंगर जुरी कुमार कार्की, बेस्ट लोकदोहोरी फिमेल सिंगर हरिमाया रायमाझी, बेस्ट लोकदोहोरी फिमेल सिंगर न्यु दुर्गा रोकाया, बेस्ट लोकदोहोरी मेल सिंगर न्यु प्रकाश दुतराज , बेस्ट लोकगीत सुरेश रमन अधिकारीलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट मोर्डन गीत सुरेन गौतम, बेस्ट मोडन लेरिसिस्ट भुपेन्द्र बुढाथोकी, बेस्ट मोडन लेरिसिस्ट जुरी धुर्ब प्रसाद अमागाइ, बेस्ट मोडन म्युजिक दीपक भान्जा, बेस्ट मोडन म्युजिक जुरी सन्तोस केसी, बेस्ट मोर्डन एरेन्जर पुस्कर सुनुवार, बेस्ट मोडन भिडियो एडिटर टेकेन्द्र शाह, बेस्ट मोडन भिडियो डाइरेक्टर दीपक प्रसाद आचार्य, बेस्ट मोडन सिनेमाटोगा्रफर चक्र बहादुर बराल, बेस्ट मोडन फिमेल मोडल आभा थापा, बेस्ट मोडन मेल मोडल बिमल अधिकारी, बेस्ट मोडन न्यु सिंगर जेनी श्रेष्ठ, बेस्ट मोडन मेल सिंगर सचिन रौनियार, बेस्ट मोडन फिमेल सिंगर जुनु रिजाललाई अवार्ड प्रदान गरियो ।

कार्यक्रममा बेस्ट लोक पप सङ सुरज अधिकारी, बेस्ट पप सङ विश्वराम कार्की, बेस्ट पप लेरिसिस्ट प्रतिमा गुरुगं, बेस्ट पप म्युजिक दीपक शर्मा, बेस्ट पप एरेन्जर योगेस काजी, बेस्ट पप भिडियो एडिटर राकेश दाहाल, बेस्ट पप भिडियो डाइरेक्टर सोनाम पाख्रिन, बेस्ट पप सिनोमाटाग्राफर ज्ञानेन्द्र शर्मा, बेस्ट पप फिमेल मोडल समारिका ढकाल, बेस्ट पप मेल मोडल बिक्रम चौहान, बेस्ट पप न्यु सिंगर सुजता पाण्डे, बेस्ट पप मेल सिंगर जुरी चिरन्जीबी भण्डारी, बेस्ट पप फिमेल सिंगर एलिना चौहान लाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट देउडा तर्फ बेस्ट मेल सिंगर चक्र बम, बेस्ट डेउडा फिमेल सिंगर स्वस्तिका शाहीलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै बेस्ट काठ्य सिंगर मेल प्रकाश कटुवाल, बेस्ट काठ्य सिंगर फिमेल संगम लामिछाने, बेस्ट काठ्य न्यु सिंगर मनिसा घोरा सइनी लाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट सेलो मेल सिंगर निमा पाख्रिन, बेस्ट सेलो फिमेल सिंगर पल्मु शेर्पा, बेस्ट सेलो फिमेल सिंगर जुरी मिंग्स लामालाई अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै बेस्ट पप आधुनिक डोयट सङ मेलिना राइ, हिमाल श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै बेस्ट भजन सङ श्री कृष्ण आले, बेस्ट गजल कनैया सिंह परियार र बेस्ट डायस्पोरा निर्देशन निर्देशक कुशल श्रेष्ठलाई प्रदान गरिएको थियो । 

सो अवसरमा कार्यक्रमका सभापति तथा अवार्डका संयोजक बिबेक कार्कीले कला संस्कृतिको जर्गेनामा ओएस नेपालले भोलीका दिनमा पनि निरन्तरता दिने बताए । उनले कलाकारहरुले आफ्नो हक र अधिकार लिन सँधै आँफै अग्रसर भएर लाग्नुपर्ने बताए । उक्त कार्यक्रमको संचालन बहुचर्चित संचारकर्मी दिनेश डिसी र कर्मा लामाले गरेका थिए ।