डोल्मो घिसिङ तामाङको 'हे मेरी आमा', राज कुमार दोङ र याङगीको अभिनय
News Desk
Oct-16 , 2023 तारिख 10:26 बेलुका

काठमाडौं । डोल्मो घिसिङ तामाङको 'हे मेरी आमा' बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो । बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह-निर्देशन गरेका हुन ।