News Desk
काठमाडौँ, दसैँको अवसर पारि लामो समयदेखि नेपाली गीत संगीतमा चर्चा कमाइरहेका संगीत कर्मी साहस शाक्य र प्रवासमा रहेर गीत लेखनमा सक्रीय दीपेन्द्र अधिकारीको शब्दमा ञफर्किन्छु यसपालीझ बोलको गीत डिए क्रियसन युट्युव च्यानलबाट सार्वजनिक भएको छ। सङ्गीतसंयोजकका रूपमा ख्याती प्राप्त साहस शाक्यको सङ्गीत र स्वरमा उक्त गीत तयार गरिएको हो।
गीतमा गीतकार एउटा परदेशीको रूपमा प्रस्तुत हुँदै आफ्नो बाल्यकाल, गाउँ, परिवेश, बालसखाहरुलाई सम्झिँदै नोस्टाल्जिक टोनमा प्रस्तुत हुनुभएको छ। दीपेन्द्रले कास्की जिल्लाको दक्षिणी भु( भागमा पर्ने आफ्नो जन्मस्थल गैह्री गाउँ , सानो छँदा आफूले पौडिन र माछा मार्न सिकेको सुरौदी खोला र डाँडाबाट देखिने अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीको मनोरम दृष्यलाई समेत स्मरण गर्नुभएको छ। मैदानको लिङ्गे पिङ्, तिहारको देउसी भैलो, शरद ऋतुमा टलक्क टल्किने हिमालहरु सम्झँदा दीपेन्द्रलाई भर्खरै जहाज चढेर गाउँमा फर्किन मन लाग्छ। गीतकारले जस्तै आफ्नो, जन्मभूमि र प्रकृतिलाई मन र मस्तिष्कमा सजाईरहेका तमाम प्रवासीहरु को कथा व्यथा रहेको यस गीतलाई गायक तथा सङ्गीतकार साहसले पूर्ण न्याय दिने प्रयास गर्नुभएको छ। मूल पेशा सङ्गीतसंयोजन रोजेर लगभग २ दशकदेखि नेपाली गीतसङ्गीत क्षेत्रमा क्रियाशील साहसले कोरोना कहरका समयमा आफनै सङ्गीतमा गाउनुभएको ञमेरो विश्व मेरो घरझ बोलको गीत निकै चर्चामा थियो।
प्रकृतिसँग अति रमाउन खोज्ने दीपेन्द्रले यस अगाडि पनि जीवनको रेल, मनमोहक पोखरा, चुलबूल चुलबूल प्यारी भाञ्जी, नेपालकी छोरी सहित आधा दर्जनको सङ्ख्यमा गीत बजारमा ल्याईसक्नुभएको छ।