मिस गुरुङ ईन्टरनेसनल २०२३ को उपाधि सिक्किमकी जेरिनालाई 
News Desk
Nov-12 , 2023 तारिख 07:11 बेलुका

काठमाडौं ।  मिस गुरुङ ईन्टरनेसनल २०२३ को उपाधि सिक्किमकी जेरिना गुरुङले जितेकी पछन् ।  काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न पाँचौ संस्करणको ग्राण्ड फिनाले माझ उनले उक्त उपाधि जितेकी हुन् । जेरिनाले उपाधिसहित यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कार पाएकी छन् । 

त्यस्तै, प्रतियोगिता अन्तर्गत फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पार्दा करिना गुरुङ सेकेन्ड रनरअपको बन्न सफल भईन्। मिस पपुलरको उपाधि अनामिका गुरुङ र मिस ट्यालेण्ट तारा गुरुङले जितिन् ।  साथै सम्पूर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् । 


ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ र टिकाराम गुरुङ रहेका थिए ।
मृगतृष्णा फेसन हाउसको आयोजना र वि एण्ड वि ईभेन्ट मेनिया प्रा लि को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनालेमा पोखरा, गोरखा, काठमाडौं ,धादिङ र सिक्किममाबाट गरि १४ जना युवतीहरू प्रतिस्पर्धामा थिए। 

गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिँदै आएको आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले बताइन् ।