News Desk
भक्तपुर । तेस्रो संस्करणको लिटिल स्टार भक्तपुरको उपाधि संस्कृति सुवेदी र आयुशा केसीले जितेका छन् । २०२३ का लागि ईनोभेसन ईभेण्ट म्यानेजमेण्टको आयोजनामा गत कार्तिक २५ गते भक्तपुरमा सम्पन्न प्रतियोगितामा दुई भिन्न समुहबाट सर्वोकृष्ट बन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् । ुकुर ुखु गरि दुई भिन्न समुहमा प्रतिस्पर्धा गराईएको उक्त प्रतियोगितामा नभ्या जोंछे र मेगन मानन्धर फस्र्ट रनर अपको टाईटल विजेता बन्दा परिशा कार्की र आश्रा रंजितकार सेकेण्ड रनर अप बन्न सफल रहे ।
प्रतियोगितामा प्रिन्स्का कर्माचार्य र अनमोल सुवालले थर्ड रनर अपको टाईटल जित्दा त्रिसला जदाली र बिपिका तामाङ फोर्थ रनर अपको टाईटल विजेता बने ।
त्यस्तै, ईनोभेसन ईभेण्ट म्यानेजमेण्टको अर्को महत्वपूर्ण टाईटल लिटिल प्रिन्स र लिटिल प्रिन्सेसतर्फ क्रमश निहांस श्रेष्ठ र सनन्या श्रेष्ठले बाजी मारे ।
सुमी बाँनियाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगितामा प्रतियोगीहरुले दमदार प्रस्तुती दिएको आयोजक संस्थाका प्रमुख महेश केसीले जानकारी दिएका छन् । मिडिया पर्सनालिटि एवं चर्चित कोरियोग्राफर रोजिन शाक्य उक्त कार्यक्रममा उद्घोषकको भूमिकामा रहेका थिए ।
